आर पोखरेल , काठमान्डौँ ।
पुर्वेली लोक लयमा आधारित मौलिक लोक गीत ‘घरकी जेठी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
पुर्वको लोक लय र भाषालाई सर्वोकृष्ट रुपमा गीतमा समेटिएको छ । सार्वजनिक गीतमा सुनिता थेगीम र संगम शेर्मा लिम्बुको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ ।
सगरमाथाको फेदीमा रहने रहनसहनलाई गीतमा पस्कन पाउदा निकै खुशी लागेको गायक संगम शेर्माले बताए । पञ्चेवाजा र बाँसुरीको घुनले आम रुपमा दर्शक तथा श्रोताको ध्यान केन्द्रित गर्न सक्दछ ।
मेलापातमा जादाँ होस वा कुवा पधेरो देउरालीको भाकालाई गीतमा समेटिएको गीतकार मोहन शेर्मा ले बताए । डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । आशिक जगेवुको छायाँकन सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।
‘
घरकी जेठी’ गीतको भिडियो हेर्नुहोस ।