• बाहुनडाँगी, ११ बैशाख । नेपाल अर्वुध रोग निवारण संस्था धनकुटाको आयोजनातथा प्रस्तावित धनकुटा लेडी जेसीज र नेपाल परिवार नियोजन संघ धनकुटाको सह आयोजनामा बृहत निःशुल्क क्यान्सर रोग परिक्षण शिविर सम्पन्न भएको छ ।
    भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा ४०० जनाले स्वास्थ्य परिक्षण गराएका थिए । जस मध्ये ४ जनालाई क्यान्सर रोग देखा परेको थियो । सोही अवसरमा विद्यार्थीहरुलाई समेत क्यान्सर रोग सम्बन्धि प्रशिक्षण गराएका थिए ।
    पूर्व मन्त्रि सनिलबहादुर थापाको प्रमुख आतिथ्यता तथा नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर श्रेष्ठ, जिल्ला अस्पता धनकुटाका प्रमुख अभिताभ ठाकुर, समाजसेवी मनोज श्रेष्ठलगायतले बोल्नु भएको सह आयोजक प्रस्तावित धनकुटा लेडी जेसीजकी अध्यक्ष प्रमिशा श्रेष्ठले रातोकलमलाई बताउनु भयो ।

















सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…