• आजको- पञ्चाङ्ग: वि.सं. २०७६ साल वैशाख १२ गते,बिहीबार,इश्वी सन् २०१९ अप्रिल २५ तारिख,शकसंवत् १९४१, परिधावी संवत्सर,उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३९ चौलागा, वैशाख कृष्णपक्ष,तिथि– षष्ठी, १४:५४ बजेउप्रान्त सप्तमी,नक्षत्र– पूर्वाषाढा, २२:३८ बजेउप्रान्त उत्तराषाढा, योग– सिद्ध, २६:५३ बजेउप्रान्त साध्य,करण– वणिज, १४:५४ बजेदेखि भद्रा, २७:३० बजेउप्रान्त वव, आनन्दादिमा धाता योग,चन्द्रराशि– धनु, २९:०७ बजेउप्रान्त मकर, सूर्योदय– ५:३२ बजे, सूर्यास्त– १८:३३ बजे र दिनमान ३२ घडी ३२ पला।

    आजको राशिफल
    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- मित्रहरूको आर्थिक सहयोग प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,व्यापारमा अवरोध आउने, समस्याहरू धेरै आउनेछन्,आजको शुभ अंक १ रहेको छ ।

    वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –समस्या समाधान गर्न नयाँ रणनीति आवश्यक देखिन्छ,मित्रता गाँस्नेहरूले सताउन सक्छ,झुटा आरोप पनि लाग्नेछन्,सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिने सम्भावना छ,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,आजको शुभ अंक ७ रहेको छ।

    मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ, कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,विश्वास गुम्ने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ,विदेश यात्राको योग छ,प्रेमी–प्रेमिकाबीच देखापरेको धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,आजको शुभ अंक ८ रहेको छ ।

    सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,अपेक्षा अनुरूपको नतिजा प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ,पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला,कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ,कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,आजको शुभ अंक ८ रहेको छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,सामूहिक लगानीमा गरिएको व्यवसायले लाभ दिलाउनेछ,आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,आजको शुभ अंक ३ रहेको छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– यात्रामा अवरोध हुने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला, नोकारीमा समस्या आउनेछ,आफन्त बीच अविश्वास बढ्ला, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्नेछ,चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,आजको शुभ अंक ५ रहेको छ।

    वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)-सामाजिक क्षेत्रमा नेतृत्वदायक भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,खर्च गरे अनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ,नयाँ कार्य सम्पन्न गर्न थप मेहनत आवश्यक देखिन्छ, आजको शुभ अंक ५ रहेको छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,स्थानान्तरण हुने,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,सवारी साधन चलाउँदा संयमित रहनुहोला,आजको शुभ अंक ११ रहेको छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –भ्रमण,खानपान तथा फेसनमा धन खर्च हुने देखिन्छ,आलश्य पनि दूर हुनेछ,गोपनीयतामा ध्यान दिनुहोला,मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ, सामानहरू छुट्ने/हराउने सम्भावना छ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,सचेत रहनुहोस,आजको शुभ अंक १२ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ,रोजगारीको क्षेत्रमा ढिलै अवसर हात लागे पनि सही मार्ग पहिल्याइनेछ,सचेत रहनुहोला,सम्झना लायक कार्य सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ,संयम एवं बोलीको मधुरताले, आजको शुभ अंक ६ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,गोपनीयतामा ध्यान दिनुहोला,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,उपहारसहित भेट्न आउनेहरूसँग सतर्क रहनुहोला,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,आजको शुभ अंक १० रहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…