• उर्लाबारी / उर्लाबारी नगरपालिकाको कार्यापालिका बैठक दुई दिनदेखि निर्णय विहिन भएको छ । विकास निमार्णको काम गर्न उपभोक्ता समिति गठन गर्ने सम्बन्धमा कार्यापालिकामा एक मत हुन नसक्दा बैठकको निष्कर्ष निस्कन सकेको छैन् ।
    हिजो र आज दुई दिन बैठक बसेको थियो । उपभोक्ता समितिमा कार्यापालिकाका आ–आफ््ना पकडका व्यक्तिहरु राख्न नेकपा पक्ष र नेपाली काङ्ग्रेस पक्षविच सहमति नहुदा बैठक हुन नसकेको हो ।
    उपभोक्ता समिति गठन तथा परिचालन कार्यविधि २०७५ अनुसार कार्यापालिकाका उक जना सदस्य राख्नु पर्ने नियम अनुसार कार्यपालिकाका एक जना सदस्य राख्ने विषयमा विवाद भएको नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिए ।
    समिति निर्माणमा विवादसँगै विकास निर्माणको करिव दुई करोड ५० लाख बजेट फ्रिज हुने सम्भावना बढेको छ । नियम अनुसार बैशाख १५ गते भित्र उपभोक्ता समिति गठन गरि काम शुरु गर्नु पर्ने हुन्छ । तर उर्लाबारी नगरपालिकामा ११ गतेसम्म उपभोक्ता समिति गठनमा सहमति जुट्न सकेको छैन् ।
    भोली पुन बैठक बसी सहमति  खोज्ने मेयर फागोले जानकारी दिए । मेयर नेपाली काङ्ग्रेसबाट निर्वाचित भए पछि कार्यापालिकामा अधिकांश नेकपाको सहभागिता भएका कारण सहमति हुन नसकेको बताइएको छ ।ब्लाष्टखबरबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…