• पथरी । शनिबार रहस्यमय तरिकाले मृत फेला परेकी रीना बस्नेतको घटना प्रकरणमा नयाँ तथ्य फेला परेको छ । मुख्य बजार क्षेत्रका पसलमा जोडिएका सीसी क्यामेराको फुटेज हेर्दा शङ्कास्पद दृश्य देखिएको छ ।

    उक्त फुटेजमा नकाब लगाएका एक पुरुषले ठेला चलाएर दगुरेका छन् । ठेलामा बेरिएको वस्तु शङ्कास्पद देखिन्छ । ती पुरुषले पाइन्ट सुर्केका छन् । जुत्ता पनि लगाएको देखिन्छ । पुरुषको अघिअघि एक जना महिला हिँडेकी छिन् ।

    त्यो दृश्य अधिकांश पसलको सीसी टीभी फुटेजमा देखिएको छ । तर प्रहरीले भने यस एङ्गलबाट अनुसन्धान नै गरेको छैन । फुटेजसहित्का घटनाको प्रकृति हेर्दा हत्या नै भएको भन्न सकिने स्थानीय बताउँछन् । मृतक बस्नेतको खुट्टामा आलो माटो पनि देखिएको हँुदा कोठामा लडेर ज्यान गएको भन्न कठिन भएको स्थानीयको भनाइ छ ।

    प्रहरीले घटनापछि रिनाको मोबाईल र कमलको मोबाईल नियन्त्रणमा लिईसकेको छ भने सोही रातको सिसि क्यामेरा फुटेजमा कैद भएको दृश्यको अनुसन्धान भईहरेको छ । सोही दिनको फुटेजमा माक्स लगाएको एक ब्यत्तिले अटोरिक्सामा बोराले छोपेर केही सामान ल्याएर घटनास्थलमा फालेको देखिएको छ । यी प्रमाणहरुले उनको अन्यत्र लगी हतया गरेर सोही ठाँउमा ल्याई फालेको स्पष्ट देखिएको स्थानीय बताउँछन । पथरीका विद्यार्थी  नेता सुबिन पराजुली सामाजिक सन्जालमा लेख्छन्, रिनाको हत्या भएको रातको फुटेज । रिनाको खुट्टामा हिलो लागेको भेटिएको थियो, यो ठेला चलाउने मानिसले पेन्ट माथी सुर्केको देखिन्छ।

    घटना भएको रातको सिसि क्यामेरा फुटेजमा देखिएका ब्यत्ति र केही शंकास्पद ब्यत्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

    अहिलेसम्मको अनुसन्धानमा नग्न अबस्थामा मृत भेटिएकी रिना बस्नेत (रुपा) को बलात्कार नभएको प्रहरीले बताएको छ भने क्यामेरामा देखिएको माक्स लगाएको ब्यत्तिले शव बोकेको नभई उनी तरकारी पसले रहेको र उनले तरकारी बोकेको पाईएको प्रहरीले जनाएको छ । स्थनीयले ती ब्यत्तिलाई समेत शंकास्पद भनी अनुसन्धान गर्न माग गरेपछि प्रहरीले ती ब्यत्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । यसअघि स्थानीयले उनको बलात्कार पछि हत्या भएको शंका गर्दै आएका थिए ।

    गत शनिबारदेखि अशान्त बनेको मोरङको पथरीशनिश्चरे बुधबार बिहानबाट क्रमश शान्त बन्दै गएको छ । सोमबार र मंगलबार दिनभर तनावग्रस्त बनेको पथरी बजार क्षेत्रमा प्रहरीले भिड नियन्त्रण गर्न दर्जनौ सेल अश्रुग्याँस समेत प्रहार गर्नुपर्यो । 

    कसरी शुरु भयो पथरीमा आन्दोलन ?
    शनिबार बिहान मर्निङ वाक गर्ने स्थानीयले पथरी १ मा एउटा नग्न शव घोप्टो परेको अबस्थामा देखे । प्रहरीले खबर पाएपछि आएर हेर्दा सोही स्थानमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेत (रुपा) को शव भएको पुष्टि भयो । त्यसपछि हल्लाखल्ला शुरु भयो । रिनाका श्रीमान दुबईमा थिए । उनी १४ बर्षिया छोरा साईमन सँग पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिईन । नग्न अबस्थामा भेटिएको शव मोष्टमार्टमका लागी प्रहरीले लाने कोशिष गरेपनि मृतकका आफन्त र स्थानीयले केहीक्षण शव उठाउन दिएनन् । तर प्रहरीलाई जबरजस्ती शव उठाएर धरान पुर्यायो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…