• पथरीशनिश्चरे, ११ वैशाख
    अपराधीलाई निरुत्सहित गरी मोरङको पथरीशनिश्चरे नगर क्षेत्रको शान्ति सुव्यवस्था कायम राख्न सुरक्षा निकायलाई सक्रिय बनाउनु पर्ने आज नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।
    प्रदेश सांसद सूयर्माराज राईको अगुवाईमा बसेको सर्वपक्षीय भेलामा सांसद राईले नगरको शान्ति सुरक्षाको व्यवस्थापन गर्न प्रहरी प्रशासन चुकेको ठहर गर्दै नगरमा डीएसपीको कमाण्डमा बढी संख्यामा प्रहरी व्यवस्थापनको पहल थालिएको बताउनु भयो ।
    उहाँले व्यवसायी महिला रिना बस्नेतको रहस्यमय मृत्यु प्रकरण सहित आपराधिक गतिविधिको सुरक्षित थलोका रुपमा पथरीशनिश्चरेलाई चिनाउने दुस्साहस गर्ने पक्षलाई सवैको सहकार्यमा निरुत्साहित पार्न लाग्नु पर्नेमा जोड दिनु भयो ।
    कार्यक्रममा, रिना रहस्यमय मृत्यु प्रकरणको छानविनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिनु भएका डीएसपी नवराज ढुंगानाले आफुले रिनाको रहस्यम घटनाको यथार्थ पत्ता लगाउने वचन दिनुभयो ।
    कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई सहित विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि, व्यवसायीहरुले नगरको शान्ति सुरक्षा चुस्त बनाउन प्रहरीको सक्रियता रहनु पर्ने र त्यसमा सवै पक्षले सहयोग पुर्याउनु पर्ने धारणा राख्नु भयो । सहभागिले रिना सहित यसअघि भएका रहस्यमय मृत्यु प्रकरणलाई सुक्ष्म रुपले प्रहरीले अध्ययन गर्नुपर्ने समेत धारणा राखेका छन् ।










सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…