• देबु बानियाँ
    काँकरभट्टिा, १२ बैशाख । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा हुन गइरहेको मेची नेत्रालय मेचीनग् गोल्डकपको चौथो संस्करण आज भव्य उद्घाटन हुँदैछ । प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्नु हुनेछ ।
    काँकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको छ ।
    दिउँसो २ बजे उद्घाटन हुने खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र दाउफिन्स एफसी क्यामरुनबीच हुनेछ ।
    मेचीनगर गोल्डकप चौथो संस्करणको उद्घाटन खेलमा यी दुई टिमको यो सिजनमा तेस्रो भेट हो । गत बर्ष मदन भण्डारी इटहरी गोल्डकपको फाइनलमा दाउफिन्स एफसीलाई टाइब्रेकरमा मेची नेत्रालयले पराजित गरेको थियो । त्यसपछि दुहबी गोल्डकपको सेमीफाईनलमा मेची नेत्रालयलाई हराउदै दाउफिन्सले गोल्डकपको उपाधी समेत आफ्नो पोल्टामा पारेको थियो ।
    यसै वर्ष मात्र करिब आधा दर्जन विभिन्न गोल्डकपको उपाधी चुमेको दाउफिन्सलाई आयोजक मेची नेत्रालयसँगको यो भेट निकै चुनौती बन्ने छ । आयोजकका तर्फबाट विशाल राई ए ले टिमको कप्तानी गर्नेछन् ।
    गोल्डकप विजेताले नगद १० लाख १ हजार पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछ । गोल्डकपको उत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले ११ हजार नगद पाउनेछ । त्यस्तै, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्ड, बेस्ट डिफेन्डर्स, बेस्ट कोच, बेस्ट गोलकिपर र राइजिङ प्लेयरले जनही २१ हजार पाउने छन् ।
    २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय, दुई विदेशी सहित १० टिमको सहभागिता रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…