• काँकडभिटा । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै आयोजक मेची नेत्रालय काँकडभिटा फुटबल ट्रेनिङ सेन्टर बिदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई ४−२ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
    टाइब्रेकरमा आयोजक काँकडभिटाका निरज बस्नेत, पुजन उपरकोटी, बिकास राई, निशान लिम्बुले गोल गरेका थिए । योगेश गुरुङको प्रहार दाउफिन्सका गोलरक्षक प्रिसोले रोकेका थिए । दाउफिन्सको तर्फबाट गोल किपर प्रिसो र विक विकले गोल गरेका थिए । शिलो मार्टिन र पेटेङगाको प्रहार बाहिरिएपछि दाउफिन्स खेलबाट बाहिर गएको छ ।
    खेलको छैटौं मिनेटमा दाउफिन्सका ओगेन जुनियरले गोल गरेका थिए । मेसुकेको कढा प्रहार आयोजक काँकडभिटा फुटबल ट्रेनिङ सेन्टरका गोलकिपर किशोर गिरीले पञ्च गरेर फर्काएपछि पाएको अवसरलाई जुनियरले गोलमा परिणत गरेका थिए । २० औं मिनेटमा जुनियरले नै गोल गर्दै अगैता दोब्बर बनाए ।
    मैदानको मध्यभागमा अनमार्क रहेका जुनियरले एकल प्रयासबाट गरेको प्रहार आयोजकका गोलकिपर गिरीले जोगाउन सकेनन् । दुई शुन्यले पछाडि परेको आयोजकका नगेन तामाङले खेलको २१ औ मिनेटमा गोल फर्काएका थिए । डि एरियामा दाउफिन्सका खेलाडी बीट भइसकेको अवस्थामा अनमार्क रहेका तामाङले गरेको प्रहारले पोष्टको जाली चुमेको थियो ।
    पहिलो हाफको इन्ज्युरी समयमा तामाङले गरेको अर्काे गोलले दाउफिन्ससँग बराबरी गर्ने अवसर पाएको थियो । दाउफिन्सका खेलाडीले अफसाइड अपिल गर्दै छोडेको बललाई तामाङले पोष्टको दिशा दिएका थिए । पहिलो हाफमा दुई, दुईको बराबरी गरेको दुबै टीमले दोस्रो हाफमा आक्रामक खेल खेलेका थिए ।
    खेलको म्यान अफ द म्याच आयोजकका तर्फबाट दुइ गोल गर्ने नगेन तामाङ भए । उनले नगद ११ हजार रुपैंयाँ पाए । शुक्रबारको खेल धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाण्डौबीच हुने आयोजक समितिका अध्यक्ष मिनबहादुर बस्नेतले जानकारी दिए । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
    प्रतियोगितामा नेपालका आठ, पारो एफसी भुटान र क्यामरुनको दाउफिन्स फुटबल क्लबको सहभागिता रहेको छ । उद्घाटन खेलको प्रमुख अतिथि समेत रहेका प्रदेशका सामाजिक बिकास मन्त्री जिवन घिमिरेले कार्यक्रममा आउन ढिलो गरेपछि खेल ७० मिनेटमा झारिएको थियो ।
    घिमिरेले प्रदेशमा खेललाई ब्यवसायिक बनाउन आज मात्र निर्णय गरिएको बताए । उनले संसदले बिहिबार नै प्रादेशिक खेलकुद कानुन पास गरिसकेको बताउँदै जिविकोपार्जनका लागि खेलकुद पेशा बन्न सक्ने बताए । खेललाई ब्यवसायिक रुप दिन प्रदेश सरकार सकारात्मक रहेको भन्दै मन्त्री घिमिरेले प्रदेश नम्बर एकका खेलाडीको लागि नयाँ युगमा प्रवेश गरेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…