• पथरी ।मोरङ क्षेत्र नम्बर ३ का सांसद सूयर्माराज राईले रिना मृत्यु प्रकरणमा प्रहरी अधिकारी माथि नै छानवीन गर्न माग गरेका छन् । मोरङको पथरीशनिश्चरे १ मा व्यावसाय चलाउदै आएकी २९ वर्षीय रिना बस्नेत शनिबार विहान निवस्त्र अवस्थामा मृत भेटिएकी थिइन् ।

    पथरीमा पछिल्लो ५ महिनाको अवधिमा सोही प्रकृतिका घटना श्रृंखलाबद्ध भएको बताउँदै राईले मृतकले आत्महत्या गरेको रिपोर्ट दिएर प्रहरी पन्छिन नपाउने बताए। प्रदेशसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै राइले नागरिकको बुझाई कोहीले पनि आत्महत्या नगरी कसैले हत्या गरेको भएको बताए। उनले श्रंखलाबद्ध भएको यसखालका घटनाले पथरी क्षेत्रमा आतंक मच्चिरहेको भन्दै शान्ति सुव्यवस्था कायम गर्न नसक्ने र घटनालाई ढाकछोपको प्रयास भएको हो कि भन्ने आशंका पनि गरे।

    पथरीका आम व्यवसायीहरु त्रसित हुनेगरी भएको बस्नेतको मृत्युले पथरी यतिबेला शोकमा डुवेको राइले बताए । प्रहरी प्रशासनले आफ्नो कम्जोरी लुकाउनका लागि आफैँ मृत्यु भएको भन्नेतर्फ गएमा त्यसको परिणाम पनि नराम्रो हुने उनको भनाइ थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…