ओम आचार्य
नेपालमा २००७ सालदेखी ६२/६३ सम्म पुर्णत शाहीकाल थियो ।यो शाहिकालले नेपालमा धेरै नेताहरु जन्मायो , शाहीकाल नेताहरु जन्मने उर्वर समय थियो । सामान्यतया नेपालमा मात्रै हैन यस्तो विश्वमा जहा जहा शाही शाशन थियो त्याहा त्याहा नेताहरु जन्मिए र यो नै शाहि शासनको यौटा विशेष्ता हो र त्यही भएर शाही शाशन भनिएको हो ।
पौराणिककाल तिर फर्केर हेर्दा पनि यस्तै महापुरुष दिव्य पुरुषहरुको जन्म भएको देखिन्छ श्रीकृष्ण , श्रिराम इत्यादी । तर पौराणिककालमा श्रिकृष्णले कंसको वधगरेपछी कंसको मथुरा राज्यको गध्दीमा आफु वसेन उग्रसेनलाइ ज़िम्मा लगाए , श्रिरामले रावण वध गरेपछी लंकाको गध्दी पनि आफुले लिएनन त्यहीका शाही परिवारका योग्य विभिषण लाइ सुम्पे त्यस्तै किस्किन्धामा पनि बालीको बध पछि सुग्रीवलाइ ज़िम्मा लगाए , उनिहरुलाइ थाहा थियो उनिहरुको उछिस्ट त्यही छ र त्यो उछिस्टबाट कुनै पनि समय विद्रोह हुन सक्छ यो दुरदर्शी निर्णय लिए ।
नेपालमा राजा विरेन्द्रको वंश नै समाप्त गरियो वंश समाप्त गर्नेले यो कुरा बुजेनन की राजा वीरेन्द्रको उछिस्ट थिए र त्यही उछिस्टबाट वीरेन्द्रको हत्या पछी पनि निरन्तर नेपालमा राजशाही चल्यो ।तर पछिल्लो समय गणतन्त्र आएपछी नेपालमा त शाहीकाल नै समाप्त गरियो , राजशाही हटाइयो तर गणतन्त्रवादी नेताहरु ले यो कुरा बुजेन कि नेपालमा शाही परिवारका उछिस्ट छन र यो कुनै पनि समय व्युतिन सक्छ , कुनै पनि समय विद्रोह हुन सक्छ। त्यस्तै परिस्थिति बुजेर श्रिराम र श्रि कृष्णले त्याहाका राज्यको गध्दी नलिंएर त्यहीका शाही परिवारका योग्य मानिसलाइ ज़िम्मा लगाएका थिए , यो कुरा सायद गिरिजा प्रसाद कोइरालाले बुजेर नै "वेबी किंग "को कुरा उठाएका पनि थिए, भविस्यमा गणतन्त्र निर्विवाद रहोस भनेर भविस्यमा शाही परिवारका उछिष्ट र शाही परिवारका पक्षधर र समर्थकहरुबाट फेरी आन्दोलित नहोस भनेर तर के कारणले हो यस्ले नतिजा दिन सकेन ।
नेपालमा शाहीकालले थुप्रै नेताहरु जन्मायो । नेताहरु जन्मने उर्वर समय नै शाही काल हो शाही काल को तत्कालिन समय नै यस्तो रहयो की नेताहरु जन्मने वातावरण र परिस्थिति राजशाहीले आफै सृर्जना गर्थे र विसय वस्तु वनाउदै जान्थे । मानव अधिकारको हनन गर्नु , मौलिक हक़ अधिकार हनन गर्नु , प्रेस स्वतन्त्रता नहुन , वाक स्वतन्त्रता नहुनु , भ्रस्टचार ले पराकाष्ठ नाघ्नु , शुशासन नहुन , हत्या हिंसा र जेल निर्वासित गर्नु भन्नुस अधिनायकवाद र सर्वसत्तावाद लादनु नै राजशाही मा नेताहरु जन्मने उर्वर समय भयो ।
राजशाहीले नेताहरु मात्रै जन्माएन राजशाहीले धेरै कवि लेखकहरु पनि जन्मायो उनिहरुलाइ लेख्ने विसय वस्तु , लेख्ने परिवेश , लेख्ने परिस्थिति वनिनैरहयो । सडक कविता क्रान्तिले धेरै कविहरु जन्मायो । तत्कालिन राजनैतिक व्यवस्थाले सृर्जना गरेको पृष्ठभुमीमा धेरै उपन्यास कथा निवन्धहरु लेखिए र यसरी साहित्यकार पनि जन्मिए ।
त्यतिखेर पत्रकार र पत्रकारिता तत्कालिन समयको चुनौतिमा पनि अधिनायक र सर्वसत्तावादको कुरा उठाइनै रहे।
राजशाहीकालमा जन्मिएका नेताहरुले तत्कालिन व्यवस्थाको विरुध्द , तत्कालिन व्यवस्थाले उत्पन्न गरेको परिस्थिति विरुध्द र वेथितीको विरुध्द आन्दोलन गरे र ति नेताहरु अहिले गणतान्रीक शाशन व्यवस्थाको राज्य संचालक छन ।यो राज्य संचालनमा नेपालका सवै राजनीतिक दलहरुले आफ्ने राजनीतिक हैसियत , आफ्नो राजनीतिक पाटीको क्षमता अनुसार राज्य संचालनको जिम्वेवारी पाएका थिए र छन । र यिनिहरुले पुर्व राजशाहीकालको विकृती , विसंगती अधिनायकवाद , सर्वसत्तावादको नजिकवाट अध्ययन गरेका थिए , नजिकवाट अनुभव गरेका थिए र त्यस्को पिडा त्यस्को यातना भोगेका थिए र यस बाट गणतान्रीक मुलुकले उन्मुक्ती पाउछ , राष्ट्र सम्वृध्दी र विकास तिर उन्मुख हुन्छ , जनताले र स्वय नेताहरु पनि यो पिडाबाट मुक्त हुन्छन जनताले यस्तो सोचेका थिए जनताले यस्तो अभिलाषा गरेका थिए र अव नेपालमा पुन यस्तो आन्दोलन गर्नु पर्दैन , अव आन्दोलन सदाकाली सकियो , मुलुकमा अमन चैन आउछ यस्तो सोचे ,तर त्यस्तो भएन । भयो के भने यिनिहरुले त्यही सिके यिनिहरुले त्यही देखे र त्यसैलाइ गणतन्त्रमा दोश्रो संस्करण रुपमा जनतालाइ दिदै गए ,त्यती मात्रै हैन यिनिहरुले सिकेको , यिनिहरुले देखेको , यिनिहरुले भोगेको भन्दा अझ बड़ी गर्दै गए । र यस्को परिस्कृत रुप प्रस्तुत गरे ।
अहिले नेपालमा दुइ तिहाइको कम्युनिस्ट सरकार छ यो कम्युनिस्ट सरकारले यिनिहरुको राज्य संन्चालनको शैलि र तौर तरिकाले राजशाही संग तुलना मात्रै गरेन त्यो भन्दा वडी अधिनायकवाद त्यो भन्दा वडी सर्वसत्तावाद पथमा अग्रसर भइरहेको पुस्टी सरकारको कार्य शैलिले देखाउदै गएको छ ।
जस्तोकी प्रधानमन्त्रीले गुप्तचार विभाग , राजस्व अनुसन्धान विभाग , सम्पती सुदृढ़ीकरण विभाग , २५ अर्व सम्म सिधै ठेका दिने व्यवस्था आफ्नो मातहातमा राखेर सक्तीशाली वन्न खोज्नु , अर्को तिर राज्यले निर्मला वलत्कार पछीको हत्या , ३३ किलो सुन तस्करी , N C L को काण्ड , वाइबडी भ्रस्टचार , बालुवाटार को सरकारी जग्गा बिक्री लगायतका मुध्दाहरुको किनारा लगाएर दोसीलाइ कार्यवाही गर्न नसक्नु ,त्यस्तै पत्रकार लाइ धरपकड़ गर्नु जेल हाल्नु र प्रेस जगतलाइ संकुचनगर्ने रणनीति वनाउदै जानु , न्यायक्षेत्रपनि सरकारले आफ्नो प्रभाव क्षेत्र भित्र पार्नु , स्वायत्त संघ सस्था निकायहरुमाथि क्रमश हस्तक्षेप गर्दै जानु राजशाहीकालले जन्माएका नेताहरुबाट यस्तो हुनु गणतान्त्रिकमुलुकको लागी दुर्भाग्यों रुपमा लिन सकिन्छ ।
गणतन्त्र आएपछी अव मुलुकमा फेरी आन्दोलन हुदैन , अव फेरी हामीले आन्दोलन गर्नु पर्दैन , नेपाल वन्द र आगज़नी हुदैन भन्ने हाम्रो सोच र विस्वासमा दुइ तिहाइ कम्युनिस्ट सरकारको राज्य संन्चालन शैलीले गलत सावित गरेको छ । एकातिर नेत्र विक्रम चन्द विप्लव नेकपाहरुबाट आन्दोलन सुरु भएको छ , रा प्र पा ले पनि आन्दोलनको फ़ेहरिस्त सुचि नै सार्वजनिक गरिसकेको छ भने ११ राजनीतिक दलहरुले सामुहिक आन्दोलन गर्ने रणनीति कै लागी एक ठाउमा आउने वातावरण तयार गर्दै छन । नेपालि काग्रेसले पनि कम्युनिस्ट सरकार विरुध्द विरोध का कार्यक्रमहरु गर्दै छ र यस्का भातृसंगठनहरुबाट पनि आन्दोलनको तयारी गरिरहेका छन । पुर्व राजाले पनि आफ्नै किसिमले जनता संग सम्पर्क वढाइ रहेका छन भने वर्तमान राज्य संचालन शैलिले कम्युनिस्ट प्रती जनतामा वितृष्णा वडेको छ यि सवै कुराले गणतन्त्रको सुदुर भविष्य सुखद होला ? यस्मा संन्देह वडेर गएको छ ।यो संन्देह वढ्नुमा राजशाही कालमा जन्मेका नेताहरु नै ज़िम्मेवार हुन , भोली जनताले यसरी इतिहासमा मुल्यांकन गरे भने ?
राजशाही कालमा जन्मेका नेताहरुबाट मुलुकमा केही सुधार नहुने भएपछी गणतन्त्र स्थापित भएपछी गणतन्त्रले नेताहरु जन्माउने छन र त्यस्को रुपरेखा, छनक देखिन थाल्दैछ यसो भयो भने राजशाही कालमा जन्मेकाहरु कालान्तरमा विस्थापित हुन्छन जसरी राजशाहीका पृष्ठपोषक ,राजशाहीका प्रतिऱक्षामा उभिएकाहरु विस्थापित भए ।