• काठमाडौँ  । एनएमबि बैंक जोखिममा परेको तथ्य फेला परेको छ । बैंकले अस्वभाविक रुपमा कर्जा लगानी गरे पछि जोखिममा परेको तथ्य बाहिर आएको हो । बैंकले लगानी गरेको २४ अर्ब रुपैयाँको हाराहारीमा कर्जा डुबेको छ । बैंकले अनावश्यक र नातावादीका भरमा लगानी गर्दा बैंकको ठूलो परिमाणमा गरेको लगानी डुबेको हो ।

    बैंकको २४ अर्ब रुपैयाँको हाराहारीमा कर्जा डुबे पछि बैंक यतिबेला आत्तिएको छ । बैंकले आफ्ना मान्छेहरुलाई लगानी गर्दा समस्यामा परेपछि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी आत्तिएको उनी निकट श्रोतले बताएको छ ।

    पैसा तिरेर अबार्ड किनेर उत्कृष्ट बैंक भएको हावादारी प्रचार गर्दै हिडेको बैंक डुब्ने खतरामा देखिए पछि यतिबेला आत्तिएर ऋण असुली न्यायाधीकरणको शरणमा पुगेको छ । अर्बौ रकम उठाउन नसकेपछि सीईओ केसी न्यायाधीकरणको शरणमा पुगेका हुन् ।

    कहाँ कसले डुबायो एनएमबि बैंक ?

    बैंकले अर्बौ रुपैयाँ उठाइदिन आग्रह गर्दै न्याधाधीकरण पुगेको तथ्य नै अनलाइन पानालाई प्राप्त भएको छ । न्यु पशुपति इम्पोरियम समेतले ठूलो परिमाणमा ऋण डुबाएको छ । उक्त कम्पनी विरुद्ध एनएमबि बैंकले मु्द्दा नम्बर १०१।०७३।८५ कर्जा उठाउन मुद्धा दर्ता गरेको छ ।

     

    योमात्रै होइन गत वर्षको असोज २२ गते पनि बैंकले न्यु डनबस्को एकेडेमी प्रा.लि.सँग कर्जा उठाइदिन आग्रह गर्दै मुद्धा हालेको छ । त्यसको मु्द्दा नम्बर १०१।०७४।२२२ रहेको छ । यि दुबैले कर्जा तिर्न सक्ने अवस्थामा छैनन । ठूलो परिमाणमा ऋण डुबे पछि बैंक यतिबेला समस्यामा परेको छ ।

    यिनीहरुमात्रै होइन एनएमबि बैंकको एक जलविद्युत् आयोजनामा गरेको लगानीसमेत डुबेको छ । पोकु दोधान लघुजलविद्युत् परियोजनामा बैंकले गरेको लगानी डुबेको हो । यसका सम्बन्धमा पनि बैंकले न्यायाधीकरणमा मुद्धा दायर गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…