• मोरङको पथरीमा हत्या गरिएकी रिना बस्नेतको मृत्युको विषयलाई अतिरन्जित हेडलाईन दिएर समाचार प्रकाशन भएको भन्दै प्रहरीले धम्कीपूर्ण विज्ञप्ति जारी गरेको छ ।

    अतिरन्जित हेडलाईन दिएर प्रकाशन भएका समाचारप्रति जिल्ला प्रहरी कार्यालय मोरङको गम्भीर ध्यानआकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको

    ‘मृतकको लाश उक्त घटनास्थलमा ठेलामा राखी फालेको सीसीटीभीमा देखियो’ जस्ता शीर्षक राखी तथ्यहीन, कपोकल्पित र मनगणन्ते तवरबाट समाचार प्रकाशन गर्दा यसले आम जनमानसको सत्य तथ्य समाचार प्राप्त गर्न पाउनुपर्ने सूचना सम्बन्धि मौलिक हकको समेत हनन् भएको उल्लेख छ ।

    एकजना महिलाको मृत्यू भएको संवेदनशील विषयमा अनर्गल रूपमा सामाजिक सद्भाव भड्काउने उदेश्यले दुष्प्रचार गर्ने गैरजिम्मेवार मिडियामाथि समेत निगरानी बढाईएको भन्दै पत्रकारलाई धम्कीपुर्ण शव्द राखेर प्रहरीले विज्ञप्ती जारी गरेको छ ।

    रिना हत्याकाण्डमा प्रहरीको भुमिकालाई लिएर विभिन्न कोण बाट प्रश्न उठिरहेका बेला प्रहरीको धम्कीपुर्ण विज्ञप्तीले थप संशय पैदा गराइदिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…