• पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरको चासोको बिषय वनेको रिना बस्नेत रहस्यमय मृत्यु प्रकरणलाई सुक्ष्म तरिकाले अनुसन्धान गरी चाँडो सत्थ तथ्य बाहिर ल्याउन नगरपालिकाका जनप्रतिनिधिले प्रहरी प्रशासनसँग दैनिक भेटघाट सहितको चासो व्यक्त गरेका छन् ।

    नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला सहितका जनप्रतिनिधिले घटनाको सत्यतथ्य चाँडो पत्ता लगाएर नगरवासीको त्रासपूर्ण चासोलाई साम्य पार्न अनुसन्धानमा खटिएको प्रहरी निकायसँग अनुरोध गरिरहेका छन् ।

    पछिल्लो पटक नगर उपप्रमुख वास्तोलाको अगुवाइमा इलाका प्रहरी कार्यालय पुगेको टोलीले डीएसपी नवराज ढुंगानालाई भेटी अनुसन्धानका उपलब्धि सहितका बारेमा जानकारी लिएको छ । घटनाको सत्यतथ्य चाँडो बाहिर ल्याउनका लागि सक्रियतापूर्वक अनुसन्धान अघि बढाउन अनुरोध गरेको छ ।

    गत बैशाख ७ गते विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी व्यवसायी रिना वस्नेतको रहस्यमय मृत्युको सम्पूर्ण जाँचको रिपोर्ट आउन वाँकी रहेको प्रहरीको भनाई छ । घटना हत्या, आत्महत्या या अन्य कुनै दुर्घटना भन्ने यकिन भइनसकेको उल्लेख छ । पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट र अनुसन्धान क्रमले हालसम्म हत्या भएको कुराको प्रमाण फेला परिनसकेको प्रहरीले जनाएको छ ।

    पथरीशनिश्चरेमा श्रृंखलावद्ध रुपमा भएका आपराघिक घटनाको तुरुन्त सत्यतत्य छानविन तथा डीएसपीको दरवन्दी माग गर्दै विराटनगर आएका संघीय गृहमन्त्री रामबहादुर थापा बादललाई बिहीबार नगर प्रमुख दिलिपकुमार राईले ज्ञापनपत्र बुझाएका छन् । साथमा प्रहरी प्रमुख सर्बेन्द्र खनालको पनि उपस्थिती रहेको थियो । सो क्रममा प्रदेश गृहमन्त्री हिक्मतबहादुर कार्कीले अस्थाई रुपमा डीएसपीको दरबन्दी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको जनाए ।

    घटनाप्रति स्थानीयको तर्क :

    भित्री वस्त्र समेत नलगाएको पूर्ण नाङ्गो अवस्थामा शव देखिएको छ । आत्महत्या नै गर्ने अवस्था भएपनि महिलाले कुनै वस्त्र नलगाई कोठामा वस्त्र फुकालेर त्यसो गर्ने अवस्था नहुने देखिन्छ ।

    निर्वस्त्र अवस्थाले नै मानिसहरु कर्तव्य समेत अनौठो रहस्यमय तरिकाले भएको तर्क गर्छन् । ३ तलामाथिबाट झरेको अवस्था भए शव पछारिएको आवाज आउनु पर्ने र सो घरमा भाडामा वस्नेहरुले थाहा पाउनु पर्ने, चिच्याएको सुनिनु पर्ने, लडेको ठाउँमा केही खोस्रिएको हुनुपर्ने अवस्थामा शव मिलायर सुताएको जस्तो देखिएकाले त्यसमा कर्तव्य भएको स्थानीयको तर्क छ ।

    कन्सर्ट हेरेर आएर घरमा सुतेको मान्छेको खुट्टामा हिलो देखिनु, उत्तर दक्षिण फर्किएको घरबाट झरेको भए सामान्यतय सिधा पूर्वपश्चिमतर्फ शव हुनुपर्नेमा उत्तर दक्षिण हुनुलाई पनि आशंकाका रुपमा स्थानीयले हेरेका छन् । माथिबाट झर्दा हातखुट्टा भाँचिने अवस्था हुने तर शरीरमा विभिन्न ठाउँमा चोट र नीलडाम चाँही देखिनुमाथि पनि स्थानीय र मृतकका आफन्तको प्रश्न छ ।

    माथिबाट तल झरेकै भएपनि झर्नका लागि २.५ फुट अग्लो वाल नाघेर हाम फाल्न पनि गाह्रो हुने तर्क छ ।

    दिउँसो पनि पुरुष साथीहरुसँग रिनाले मादक पदार्थ सेवन गरेको, रातीसम्म फोन आइरहेको तथा नाङ्गो अवस्थाको टाउकोको पछाडीको भागमा गहिरो चोट देखिनुले मृत्युको रहस्य झाँगिएको रिनाका जेठाजू दुर्गाबहादुर बस्नेतले जनाए ।

    बारम्बार फोन गर्ने प्रेमी भनिएका सुन्दरहरैंचाका कमल नेपाललाई प्रहरीले नियन्त्रणमा लिई म्याद थपेर अनुसन्धान अघि बढाएको छ । रिनाका श्रीमान सन्तोष पनि विदेशबाट घर आएका र उनलाई पनि सोधपुछ भएको छ ।

    दर्जनौं व्यक्तिहरुलाई सोधपुछ गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरीबाट अनुसन्धान व्यूरो सहित जिल्ला र नगरका प्रहरीहरु अनुसन्धानमा खटाइएको उल्लेख छ ।ब्लाष्ट पत्रिकामा समाचार छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…