उर्लाबारी । आज बसेको नगरसभा बैठकमा नगरसभा सदस्य एव् वडा नम्बर ३ का जनप्रतिनिधि भिष्म बुढाथोकीले उर्लावारी नगरबाट कुनै पनि खेलमा सहभागि खेलाडीहरू खेल्ने क्रममा घाइते भएमा त्यसको सम्पूर्ण उपचार खर्च नगरपालिकाले व्यहोर्नुपर्ने माग राखेका छन् ।
उनले नगरको टिममा परेका खेलाडीहरूलाई टिममा रहुन्जेल मासिक भत्ताको व्यवस्था अनुरोध गरे । उनले उर्लावारीबाट खेल सुरू गरि नगरलाई मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सफल खेलाडी मध्ये एक लाई वार्षिक रूपमा उर्लावारी वर्ष खेलाडी घोषणा गरि सम्मान र पुरस्कृत गर्नुपर्नेमा जोड दिए ।
उनले गत वर्ष उर्लावारी नगरपालिकाको अनुमतिमा मोरङको तर्फबाट उर्लाबारीले प्रतिनिधित्व गदै संखुवासभाको चैनपुरमा फुटबल प्रतियोगिता खेल्ने क्रममा घाईते भएका खेलाडी विदुर रिजाललाई नगरले उपचारको निम्ति सहयोग नगरेको गुनासो पनि पोख्दै वडा सदस्य बुढाथोकीले आगामी दिनमा खेलाडीहरूको निम्ति आवश्यक विधेयक बनाएर घाइतेहरूको उपचार गरिनु पर्नेमा जोड दिए ।
सभाध्यक्ष फागोले खेलाडीको माग सम्बोधन हुने बताएका थिए ।