• काठमाडौं । नेपाली कला क्षेत्रका एक दर्जन कलाकार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । देशमा कम्युनिस्टको बहुमतको सरकार, सबै क्षेत्रमा कम्युनिस्ट हाबी रहेका बेला कलाकारहरु भने प्रजातान्त्रिक पार्टी कांग्रेसमा प्रवेश गरेका हुन्।

    कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले आफ्नो आधिकारीक फेसबुकमार्फत दिएको जानकारी अनुसार नेपाली फिल्म उद्योगका बहुचर्चित कलाकार नीर शाह, धिरेन शाक्य, झरना थापा, जीवन लुइँटेल, पार्वती राई लगायत कांग्रेसमा प्रवेश गरेका छन्।

    उनीहरुसहित १५० जना कांग्रेसमा प्रवेश गरेको सिंहले जानकारी दिएका छन्। कलाकारको प्रवेशबाट कांग्रेसलाई थप टेवा पुग्ने सिंहले बताएका छन्।

    आफ्नो सरकार र बहुमत रहेका बेला कलाकारहरु कांग्रेसमा प्रवेश गरेपछि कम्युनिस्टहरु भने आत्तिएका छन्। सामाजिक सञ्जालमा कम्युनिस्ट कार्यकताले आश्चर्य प्रकट गर्दै विनाशको बाटोमा हिडेको टिप्पणी गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…