• धुलावारी, १४ बैशाख । किराँत याक्थुङ चुम्लुङ मेचीनगर वडा नम्बर १० वडा समितिको कार्यालय उद्घाटन तथा एक महिने लिम्बू भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
    धुलावारीमा आयोजित एक कार्यक्रमकाबिच मेचीनगर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुवेशकुमार पनेरु र किराँत याक्थुङ चुम्लुङका केन्द्य्रीय सदस्य जितबहादुर लावतीले धुलावारी निवासी अजित कुमार लिम्बूले उपलब्ध गराउनु भएको समितिको कार्यालयको उद्घाटन गर्नु भएको हो ।
    वडा नम्बर १० को आर्थिक सहयोग तथा कियाँचुको लागत सहभागितामा एक महिने लिम्बू भाषा प्रशिक्षण सम्पन्न भएको हो । भाषा प्रशिक्षणमा ७० जनाको सहभागिता रहेको थियो । सहभागिलाई हस्तबहादुर आङदेम्बेले भाषा प्रशिक्षण गराउनु भएको थियो ।
    सोही अवसरमा वडा समितिको कार्यालय निःशुल्क उपलब्ध गराउने तथा लिम्बू भाषाका पाठ्यपुस्तक खरिदका लागि नगद २० हजार उपलब्ध गराउनु हुने धुलावारी निवासी हाल युकेमा रहनु हुने अजितकुमार लिम्बूलाई सम्मान गरिएको थियो । उहाँलाई कार्याक्रमका प्रमुख अतिथि वडा अध्यष पनेरु र किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य जितबहादुर लावतीले सम्मान पत्र र दोसल्लासहित सम्मान गर्नु भएको थियो । यसैगरी, कमलादेवी लिम्बूले आफ्ना पति स्वः आशबहादुर लावतीको स्मृतिमा समितिको कार्यालयका लागि १ थान अफिस टेवल, १२ थान कुर्सी, १ थान दराज प्रदान गर्नु भएको थियो ।
    वडा समितिका अध्यक्ष टेकबीर लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पनेरु, किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य जीतबहादुर लावती, जिल्ला अध्यक्ष टेकबहादुर लिम्बू, कियाँचुका केन्द्रीय परिषद सदस्य भीम इजम, वडा समितिका उपाध्यक्ष मानबहादुर नेम्बाङ, नगर परिषद सदस्य दिलिप आङदेम्बे, वडा नम्बर १० की वडा सदस्य धिरावती लिम्बूलगायतले बोल्नु भएको थियो । समितिको आय व्यय कोषाध्यक्ष सोमनबहादुर लिम्बूले प्रस्तुत गर्नु भएको थियो । कमला लिम्बूले स्वागत गर्नु भएको कार्याक्रमको सञ्चालन सचिव प्रमिला मादेनले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…