• विराटनगर / विराटनगरमा फागुन २० गतेदेदिसञचालनमा आएको सेन्ट्रल मलभित्र रहेको सेन्ट्रल बजारले श्रृङखलाबद्ध रुपमा ग्राहकहरुलाई ठग्दै गरेको एक तथ्य फेला परेको छ ।


    सेन्ट्रल बजारमा तोेकेको मुल्यभन्दा झण्डै ७ प्रतिशत थप मुल्य लिएर ग्राहकहरुलाई ठग्दै गरेको देखिएको छ । हालै बिराटनगरका दुइ जना प्रत्रकारले किनेको सामानमा यस किसिमको त्रुटि देखिएको छ । मोरङ पत्रकार महासंघका कोषाध्यक्ष सन्तोष सिग्देलले यस अघि १ ६५ रुपैँया पर्ने कालो तिल किन्दा १६७ रुपैँयाँ तिरनु परेको थियो । उनलाई सेन्ट्रल बजारले २ रुपैँया ठगेको थियो । यस्तै नेपाल टाइम्स टेलिभिजनका पत्रकार सोनुकुमार दासले किनेको ग्याट्सबाइ जेलमा तोकेको मुल्य भन्दा १५ रुपैँया ठगेको थियो । यसरी ठगेकोमा दुइ जना पत्रकारमात्र नरहेको सेन्ट्रल मलकै एक गार्डले बताए ।


    पत्रकारले मात्र यस्तो किसिमको खुलासा गरेकाले दुइ जना पत्रकार ठगिएको देखिएको छ । यद्धपि सेन्ट्रल बजारले १—२ रुपैँयाँ त्यास्ता धेरै सामानमा ठगेर लिरहेको श्रोतले जनाएको छ । यसरी एक दिनमा कम्तिमा १ हजार ग्रहाकलाई ५ रुपैँयाँको दरले ठगेमा ५ हजार रुपैयाँ ठगिन्छ । यता ठगिएका व्यक्तीहरुले आफु ठगिएको उजुरी गरेमा सेन्ट्रल बजारले पैसा फिर्ता गर्ने गरेको देखिएको छ भने उजुरी नगर्नेहरुको कुनै तथ्य अर्थात कुनै पैसा फिर्ता नगरको मलका उच्च श्रोतले जनाएको छ ।

    मलका ग्रोसरी हेर्ने रवि ठाकुरले हामीले नठगेको तर प्राबिधिक त्रुटिले यस किसिमको गल्ति भएको र अब न दोहोरिने बताए । सेन्ट्रल बजारको उद्घाटन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । । सेन्ट्रल मल विराटनगरका तीन औद्योगिक घराना देवेनरा, हाईलाईफ र विशाल ग्रुपको संयुक्त लगानीमा सञ्चालनमा आएको हो ।

    कसुर र सजाय सम्बन्धी व्यवस्था
    उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा २ को खण्ड (घ) बमोजिम कुनै वस्तु वा सेवाको वास्तविक आधारभन्दा फरक आधारमा उपभोक्ता मूल्यमा भार पर्ने गरी मूल्य निर्धारण गरेमा सोहि ऐन को दफा ३८ को खण्ड (च) बमोजिम कसुर मानिने छ । सोहि ऐनको दफा ३८ को खण्ड (च) बमोजिम कसुर गर्ने र गराउनेलाई दुई बर्ष देखि पाँच बर्ष सम्म कैद वा चार लाख देखि छ लाख रुपैयाँ सम्म जरिवाना हुने ब्यवस्था छ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…