पथरी । गत शनिवार पथरीमा भएको रिना वस्नेत मृत्यु प्रकरणको निश्पक्ष छानविनको माग गर्दै पथरी वहुमुखी क्याम्पसका विद्यार्थी र पथरीशनिश्चरे नगरमहिला फेडेरेसनले इलाका प्रहरी कार्यालय पथरीलाई ध्यानाकर्षण पत्र वुझाएको छ ।
रत्नचोकमा भेला भएर गएको समुहले वजारलाईन हुँदै प्रहरीकार्यालयमा पुगेर नारावाजी गरेको थियो । कार्यक्रममा प्रदेशसभा सांसद कृष्णकुमारी राई, पथरी वहुमुखी क्याम्पसकी स्ववियु उपाध्यक्ष निता कुलुङ राईले आफ्नो धारणा राखेका थिए ।महिला हिंसा बन्द गर,शान्ति सुरक्षा कायम गर,हत्यारालाई कारबाही गर, लगायत बिभिन्न नारा लेखिएका ब्यानर र प्लेट सहित उनीहरुले नगरपरिक्रमा गर्नुका साथै धर्ना दिएका छन । रिनाको हत्या नभई आफै लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रबत्ता घनश्याम श्रेष्ठले बताएका छन । स्थानीयले भने उनको हत्या भएको बताउँदै आएका छन ।