• बैशाख १६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालले दुई तिहाइको तत्कालीन सरकारले जनतालाई निराश मात्रै तुल्याएको दाबी गरेका छन् ।

    सोमबार प्रतिनिधि सभाको बर्खे अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो दाबी गरेका हुन् ।

    संसदमा उनले भने, ‘बहुमतको सरकारमाथि जनताको धेरै अपेक्षा थियो । तर सरकारले जनताको अपेक्षा अनुसार काम गर्न सकेन । निराश मात्रै बनायो । यो सरकार भ्रष्टाचारको काण्डै काण्डमा रुमलिएको छ ।’

    यस्तै उनले संसदमा प्रमुख प्रतिपक्षीको भूमिका सशक्त रुपमा निर्वाह गर्ने पनि प्रतिबद्धता जनाए ।

    बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण गर्ने भनिएको प्रसंग निकाल्दै उनले विना प्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पेर रकम खेर फालेको बताए ।

    उनले आफैँले थालेको सामाजिक सुरक्षा कार्यक्रमलाई आफैंले थालेको भनेर कुप्रचार गरिएको भन्दै तिक्कतासमेत पोखे।

    सरकारले विकास गर्ने समय खेर फालेको उनको आरोप लगाउँदै भने, ‘सरकारको उपलब्धि निराशाजनक छ। विगतका सरकारले गरेको आयोजनाहरु उद्घाटन गरेर आफूले गरेको भन्दै प्रचार बाहेक केही गरेको छैन । बैदेशिक व्यापार घाटा बढ्दै गएको छ ।’

    उनले बालुवाटारको जग्गा भूमाफियाले कब्जा गरेको हो कि कसले यसमा छानविन गर्न पनि माग गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…