• शिवसताक्षी । सरकारी कार्यलयको काम काजै ठप्प पारेर कर्मचारी रिल्याक्समा घुम्न गएपछि शुक्रबार झापाको शिवसताक्षी नगरका दुई वटा वडाका सेवाग्राही मारमा परेका छन । कर्मचारी मात्र होईन, जनप्रतिधि समेत रिल्याक्स टुरमा सहभागी भए । जनप्रतिनिधी सहितको कर्मचारी कार्यलयको कामै ठप्प पारेर टुरमा गएको नगरपालिकालाई थाहै छैन । शिवसताक्षी नगरपालिकाको वडा नम्बर ११ मा भने एक जना खरदार सुरेन्द्र अर्यालमात्र कार्यलयमा भेटिए । उनि असिन–पसीन हुदै दुवै वडावाट संकलन हुने कर असुली गरि रहेका थिए ।

    कर्मचारी नहँुदा पञ्जिकृतका सवैकाम ठप्प भए भने, जनप्रतिनिधी नहुँदा नागरिक्ता सिफारिस, नाता प्रमाणीत लगायत अन्य सिफारिसका कुनै काम हुन सकेनन् । नगरको वडा नम्बर ९का वडा अध्यक्ष छविलाल पाठक, सचिव निषा कोईराला लगायत अन्य कर्मचारी समाचार श्रोतका अनुसार तेह्रथुमको तिन जुरे गएको वताईएको छ ।
    यस्तै वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठ सहित सचिव नन्दिकेसर भट्टराई लगायत अन्य जनप्रतिनिधि र कर्मचारी लिएर तिनजुरे रिल्याक्समा घुम्न गए ।

    वडा नम्बर ११ का सचिव नन्दिकेशर भट्टराईले आफु व्यत्तिगत काममा धरान गएको भनेर झुट वोले । उनले जनप्रतिनिधिलाई समेत वचाउदै, जनप्रतिनिधी र अन्य कर्मचारी वडाको कार्यक्रमका लागि वाहिर गएको भनेर झुट वोले । तर, भट्टराई शुक्रवार विहान कार्यलय समय अगावै वडा अध्यक्ष, अन्य जनप्रतिनिधि र कर्मचारी लिएर तिनजुरे गएको स्थानिय प्रत्यक्षदर्शीले पुष्टी गरेका छन ।

    वडा कार्यलयमा जनप्रतिनिधि र कर्मचारी नहुदाँ शुक्रबार २० जना भन्दा वढी सेवाग्राहीले सरकारी कार्यलयवाट सेवा लिन सकेनन् । पाँचथरवाट जग्गापासको सिफारीस लिन आएका खड्गध्वज आङथोवु वडा अध्यक्ष नभएकै कारण सेवा लिन पाएनन् । उनले भने, ‘यो भन्दा चरम लार्पावाहि के हुन्छ ?’ कुनै कार्यलय वन्द हुँदा वा गर्दा सार्वजनिक सुचना जारी गर्नुपर्ने प्रावधान छ, उनले भने, विना सुचना कार्र्यलयमा कर्मचारी र जनप्रतिनिधी नहुदा सर्वसाधरणले सास्ती खेप्नु पर्यो यसको क्षति कस्ले व्यहोर्ने ?’

    विदेश जानका लागि दाजु संग नाता प्रमाणीत गर्न ११ नम्वर वडा कार्यलयमा विहान १० वजे पुगेका अमित विक दिउसो २ वजे रित्तैहात फर्कीए । उनलाई २ वजे सम्म वडा अध्यक्ष र वडा सचिव कार्यलय नआउने कसैले जानकारी दिएनन् । उनले भने, ‘वेलैमा जानकारी दिएको भए म जस्तो मजदुरको वेलुकाको पेट त खालि हुने थिएन ।’ विक स्थानियक्षेत्रमा मजदुरी गरेर परिवारको गुजारा चलाउदै आएका मजदुर हुन ।

    वडाका कर्मचारी काम काजै ठप्प पारेर घुम्न गएको नगरपालिका प्रशासनलाई थाहै छैन । नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत विष्णुवहादुर अधिकारीले भने वडा नम्बर ९ की सचिव निषा दिनभर कार्यलयमा रहेको आफुलाई जानकारी भएको वताए पनि अन्यको वारेमा अनविज्ञता जनाए । तर, निषा पनि तिनजुरे घुम्न गएको पुष्टी भएको छ । उनले, प्रमुख प्रसासकिय अधिकृत अधिकारी संग दिउसो साढे १२ वजे तिर टेलिफोनमा कुरा गर्दा आफु कार्यलयमै रहेको भनेर झुट वोलेकी थिईन । म संग मोवायलमा कुरा हुँदा वहाँले कार्यलयमै रहेको जानकारी दिनुभएको थियो । प्रमुख प्रसाशकिय अधिकृत अधिकारीले भने, ‘यो विषयमा आईतवार के भएको हो, म आफै वुझ्छु ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…