• काँकडभिटा । मेची नेत्रालय मेचीनगर गोल्डकपको सोमबार भएको खेलमा पाहुना टोली भुटानको पारो एफसीलाई ३–० को अन्तरले हराउँदै नेपाल पुलिस क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । सेमीफाइनलमा पुलिसले संकटा क्लबको सामना गर्ने छ ।
    पहिलो हाफको अन्त्यतिर कप्तान भरत शाहको गोल मार्फत पुलिसले अग्रता लिएको थियो । तेज तामाङको फ्रि किकलाई मानबहादुर परियारले मिलाई दिएको पासलाई कन्ट्रोल गर्दै शाहले गरेको प्रहारले जाली चुमेको थियो । ५६ औं मिनेटमा सुमन लामाको पासमा रबी पासवानले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेट बित्न नपाउँदै पासवानले टीमको लागि अर्काे गोल गरेपछि पुलिसको जित सुनिश्चित भएको थियो ।
    १८ औं मिनेटमा भरत शाहको प्रहार भुटानका गोलरक्ष शेरब ग्याल्सेनले बचाए । ३० औं मिनेटमा निरकुमार राईको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ३छ औ मिनेटमा आशिष गुरुङको हेडर बारमा लागेर फर्कियो ।
    ३३ औ मिनेटमा भुटानका करण राईको प्रहार पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए । ४६ औ मिनेटमा दिवस सुब्बाको कडा प्रहार गोलरक्षक चौधरीले पञ्च गरेर फर्काए । ४९ औ मिनेटमा भुटानका सेड्रिक अबाले गोल गर्ने अवसर खेर फाले ।
    खेलको म्यान अफ द म्याच बिजेता टीम नेपाल पुलिस क्लबका रवी पासवान भए । उनले नगद ११ हजार रुपैंया पुरस्कार पाए । मंगलबारको खेल रुस्लान थ्रि स्टार क्लब काठमाण्डौ र इलामको माइ भ्याली क्लबबीच हुने आयोजक समितिका उपाध्यक्ष नवराज ओलीले जानकारी दिए । बैशाख १२ गतेदेखि शरु भएको प्रतियोगितामा नेपालका ८, क्यामरुनको दाउफिन्स एफसी र भुटानको पारो एफसीको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले १० लाख १ हजार, उपबिजेताले ५ लाख १ हजार रुपैया पुरस्कार पाउने छ ।
    पुलिसका प्रशिक्षक अनन्तराज थापाले पहिलो पटकको भेटका कारण शुरुमा स्कोर हुन नसकेको बताए । उनले खेलाडीको तालमेलका कारण जित निकाल्न सकिएको बताए ।
    भुटानका प्रशिक्षक पुष्पलालले कृतिम मैदानमा खेल्ने खेलाडीलाई प्रकृतिक मैदानका कारण खुलेर खेल्न नपाएको टिप्पणी गरे । उनले नियमित खेल्ने ६ जना खेलाडीको अनुपस्थितीमा सोचेअनुकुलको नतिजा निकाल्न नसकिएको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…