• देबु बानियाँ
    बाहुण्डाँगी, १५ बैशाख । यहि बैशाख २७ र २८ गते हुने एरिया सी को क्षेत्रीय सम्मेलनको सबै तयारी पुरा भएको छ ।
    नेपाल जेसीजको आयोजना तथा नुवाकोट जेसीजको आतिथ्यतामा हुन लागेको यस वर्षको पहिलो क्षेत्रीय सम्मेलनको तयारी पुरा भएको क्षेत्रीय सम्मेलनका सम्मेलन निर्देशक सुजित भण्डारीले बताउनु भयो । सम्मेलनलाई सफल बनाउनका लागि आवश्यक सबै तयारी सम्पन्न भएका निर्देशक भण्डारीले बताउनु भयो ।
    विदुर नगरपालिका वडा नम्बर २ स्थित बटार कर्वड हलमा हुने सम्मेलन पूर्ण रुपमा डिजिटल सिस्टममा हुने छ ।
    एरिया सि मा रहेका ३३ वटा शाखाका करिब ५ सयको सहभागिता रहने सम्मेलनका लागि हालसम्म ३ सय जनाका लागि होटलको व्यवस्थापन भइसकेको छ । बाँकी दुई सयका लागि पनि बसाई व्यवस्थापन गर्ने काम चाँडै हुने आतिथ्यता शाखाले बताएको छ । सम्मेलनमा जान आउनका लागि बसको समेत व्यवस्थापन गरिएको छ ।
    सम्मेलन विशेष स्मारिका बनाउने काम समेत भइरहेको छ । जुन प्रेसमा अन्तिम तयारीमा रहेको छ ।
    आतिथ्यता शाखाले सम्मेलनको विषयमा हालै संस्थापक तथा पूर्व अध्यक्षहरुको बैठक समेत सम्पन्न गरेको थियो । सम्मेलनका लागि विभिन्न उपसमिति तयार गरिएको छ ।
    यस क्षेत्रका लागि निरुपित कार्यकारीणी उपाध्यक्षमा अमिश ढकाल, निरुपित उपाध्यक्षहरुमा भोजराज चापागाई, मोहन डाँगी र हरि शर्मा रहनु भएको छ । सम्मेलनमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलसहित सबै पदाधिकारीको सहभागिता रहनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…