• पाल्पा । पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ।

    सोमबार निस्दी गाउँपालिका वडा नं ७ भिरपानीबाट हुवास जाँदै गरेको लु १ ज १९४१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    मृत्यु हुनेमा निस्दी गाउँपालिका ७ चारघरेका ४६ वर्षीय खड्क बहादुर सोमै, सोही ठाउँका ५६ वर्षीय देबिलाल खन्गाहा, ४६ वर्षीय लाल बहादुर सारु, ५८ वर्षीय सन्त बहादुर सारु र बतन नखुलेको चालक बुद्धिबल सोती रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    जीप अनियन्त्रित भइ सडकबाट ३ सय ५० मिटर तल खसेको छ। जीपमा सबार ६ जना मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

    जीपमा सबार १ जना भने सकुशल रहेको प्रहरी चौकी रुप्सेभञ्ज्याङ पाल्पा, इलाका प्रहरी कार्यालय रामपुर र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट उद्धारका लागि खटेको टोलीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…