• बाहुण्डाँगी, १६ बैशाख । बाहुण्डाँगी जेसीजको आयोजनामा यहि बैशाख १८ गतेदेखि ८ दिवसीय तालिम सचालन गर्ने भएको छ ।
    जेसीजको वर्ष २०१९ को वार्षिक कार्यतालिका अनुसार यस वर्ष विभिन्न विधाका ८ वटा तालिम सचालन गर्ने तयारी गरेको हो । नेपाल जेसीजका उत्कृष्ट प्रशिक्षकहरुको सहभागितामा ८ वटा क्षेत्रका व्यक्तिहरुका लागि तालिम संचालन गर्ने तयारी गरेको हो । जसमा उद्घाटनका दिन बुधवार मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरुलाई बैठक संचालन पद्धतीका विषयमा तालिम संचालन हुनेछ । तालिमको सहजकीकरण नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर राजविमल श्रेष्ठले गर्नु हुनेछ ।
    तालिमका लागि प्रशिक्षकका रुपमा पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर राजवमल श्रेष्ठ, पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर भोलेश्वर दुलाल, पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारी, नेपाल जेसीजका प्रशिक्षक सिनेटर राजाबाबु शाह, नेपाल जेसीजका प्रशिक्षक सिनेटर केदार भण्डारी, नेपाल जेसीजकी प्रशिक्षक जेसी मंजरी घिमिरे, विराट रेडियोकी प्रबन्धक लिला अनमोल र इलाका प्रहरी कार्यालयका डीएसपी महेश थापा रहनु भएको छ ।
    जसमा मेचीनगरका जनप्रतिनिधिहरुका लागि बैठक सचालन सम्बन्धी तालिम, मेचीनगरका उद्योगी व्यवसायीहरुका लागि सफल उद्यमी, मेचीनगरका क्रियाशिल बाल क्लबका पदाधिकारीका लागि भाषणकला तालिम, सामाजिक संघ संस्थाका लागि प्रभावकारी भाषणकला, साबिक बाहुण्डाँगी गाविस आधारभूत र मावि तहका विद्यार्थीहरुका लागि लागु औषध दुव्यसनी तथा अपराध सम्बन्धी तालिम र शाखाका सदस्यहरुका लागि उत्प्रेरणासम्बन्धी तालिम सचालन गर्ने शाखाका वर्ष २०१९ का अध्यक्ष कंचन उप्रेतीले बताउनु भयो ।
    तालिमका लागि करिब २ लाख खर्च हुने र यसका लागि मेचीनगर नगरपालिकाबाट केही सहयोग र बाँकी रकम शाखाका सदस्यहरुबाट संकलन गरिने शाखाका कोषाध्यक्ष राजेश थापाले बताउनु भयो । मेचीनगरका विभिन्न क्षेत्रमा पुगेर संचालन गर्ने तालिमका लाग सबै तयारी पुरा गरिएको तालिम संयोजक निकेश दाहालले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…