• काठमाडौँ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले गत वर्ष २०७५/०७६ को बजेटमा वृद्ध भत्ता नबढाएपछि चौतर्फी आलोचना भएको थियो ।

    वृद्धवृद्धाहरू निराश हुनुका साथै नेकपा पार्टीलाई अर्थमन्त्री युवराज खतिवडाको चर्को विरोध भएको हो । तत्काल बृद्धभत्ता बढ्ने आश गरेका वृद्धवृद्धाहरूहरू निराश भएकाछन् ।

    यसपालिको बजेटमा वृद्ध भत्ता बढ्ने आशा गरेर बसेका जेष्ठ नागरिकहरूलाई सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको भनाइबाट जेष्ठ नागरिकहरू निराश भएका हुन् ।

    सरकारले जेष्ठ नागरिकहरूलाई वृद्धभत्ता बापत मासिक दुई हजार रुपियाँ उपलब्ध गराउँदै आइरहेको छ ।

    प्रधानमन्त्री ओलीले आगामी बजेटमा वृद्धभत्ता बढाई बढीमा पाँच हजार पु¥याउने उद्घोष गरेका थिए । प्रधानमन्त्रीको उद्घोष सुनेर जेष्ठ नागरिकहरू हर्षित बनेका थिए ।

    त्यसपछि लगत्तै प्रवक्त एवं मन्त्री बास्कोटाले छोराछोरी टन्न कमाएर बाहिर हिँड्ने बुबाआमालाई सरकारले वृद्धभत्ता दिएर पाल्ने थिति राख्न सकिँदैन र राखिँदैन भनेर बताएपछि वृद्धवृद्धाहरू निराश बनेको हो।

    उता चुनावी घोषणापत्रमा नै वृद्ध भत्ता पाँच हजार पु¥याउने वाचा गरेको नेकपा र ओली सरकारलाई वृद्ध भत्ता घाँडो बनेको जानकारहरूले बताएका छन् ।

    यतिबेला प्रधानमन्त्री ओलीको उद्घोषलाई सरकारका प्रवक्ताले वृद्धभत्ता नबढाउने संकेत गरेपछि भनाइ झुटो भन्दै फेरी विरोधका स्वरहरू निस्किन थालेका छन् ।

    वृद्धवृद्धालाई झुक्याएर तिनीहरूको मन मात्र दुखाएको छैन् । ओली सरकारले आफ्नो विश्वास समेत घटाएको छ ।

    त्यसो त वृद्ध भत्तालाई अनुत्पादकको संज्ञा दिएका मन्त्री बास्कोटाले काभ्रेमा सरकारी बजेटको ओइरो लगाएकाछन् । मत तान्नका लागि उनले यस्तो कदम चालेको हुनसक्ने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…