• काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका आफ्ना पार्टीका महासचिव विष्णु पौडेलको बचाउ गरेका छन्।

    प्रधानमन्त्रीले राजाको शासनको बेलामा किनिएको जग्गाको विषयमा अहिले लाञ्छना लगाउनु उचित नहुने बताए। 'उहाँले आफ्नो पदको दूरुपयोग गरेर बालुवाटारको जग्गा किन्नुभएको होइन', मंगलबार संसदीय दलको बैठकमा ओलीले भने।

    उनले महासचिवमाथिको लाञ्छना पार्टी र सरकार विरुद्धकै आक्रमणको रुपमा अर्थ्याएको एक सांसदले बताए।

    'हडपिएको सरकारी जग्गा सरकारले फिर्ता ल्याउँछ', प्रधानमन्त्रीले दाबी गरे।

    बालुवाटारस्थित ललिता निवाससँग जोडिएको आठ आना सरकारी जग्गा नेकपा महासचिव पौडेलका छोरा नवीनको नाममा पुगेपछि उनी आलोचित हुँदै आएका छन्।

    यद्यपि, उनले दुई पटक विज्ञप्ति निकालेर आफ्नो बचाउ गरिसकेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…