• काँकरभिट्टा, १७ बैशाख । रुस्लान थ्रीस्टार चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । मंगलवार काँकरभिट्टा माविको खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा माइभ्याली फुटबल क्लब इलामलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले सेमीफाइनलको यात्रा तय गरेको हो । जितका लागि थ्रीस्टारका डिफेन्स अनन्त तामाङले खेलको ४१ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । सुशिल राईको क्रस पासमा तामाङले माइभ्यालीका गोलरक्षक सोजित गुरुङ विट भएको अवस्थाको मौका पारेर प्रहार गरेको बलले गोलपोष्टको दायाँबारमा लागेर भित्र पसेको थियो । यो जीत सँगै थ्रीस्टारले विभागीय टिम त्रिभूवन आर्मीसँगको भेटलाई पक्का गरेको छ ।
    खेलको १७ औँ मिनेटमा माइभ्यालीका राजिव लोप्चनको प्रहार गोलपोष्ट माथिबाट बाहिरियो । ३० औँ मिनेटमा कप्तान मनिष थापाको क्रसमा टु भर्सेस वानको अवस्थामा लोप्चनले पोष्टको दिसा दिन सकेनन् । ३४ औँ मिनेटमा सुशिल यादवको क्रसमा लोप्चनले अर्काे मौकालाई खेर फाले ।
    ४५ औँ मिनेटमा थ्रीस्टारका कप्तानलाई फाउल हानेपछि माइभ्यालीका कप्तान मनिष थापाले पहेँलो कार्ड पाए । खेलको २२ औँ मिनेटमा थ्रीस्टारका सुनिल बलको क्रसमा माइभ्यालीका एलोन म्याक्सवेलको प्रहार आकासियो । पहिलो हाफभरी म्याइभ्यालीले थ्रीस्टारलाई पूर्ण रुपमा दवावमा राख्यो । माइभ्यालीले अधिकांश पोष्ट केन्द्रीत आक्रमण गरे पनि स्कोर गर्न सकेन । अन्तत माइभ्याली घर फर्कन बाध्य भयो
    खेलको दोस्रो हाफको पहिलो मिनेटमा थ्रीस्टारका विदेशी खेलाडी एलोन म्याक्सवेलको प्रहारले पनि जाली चुम्न सकेन । ८ औँ मिनेटमा मनसा वेभागुइको प्रहार पनि पोष्ट माथिबाट बाहिरियो । खेलको २९ औँ मिनेटमा थ्रीस्टारका रुपेश केसीको क्रसमा सुशिल राईको हेडरले समेत पोष्टको गन्तव्य पुरा गर्न सकेन । दोस्रो हाफमा लयमा फर्किएको थ्रीस्टारले अन्तत सेमीफाइनलको यात्रा तय गरेको हो ।
    खेलको म्यान अफ द म्याच थ्रीस्टारका सुशिल राई भए । उनलाई आयोजकले प्रदान गरेको नगद ११ हजार रुपैयाँ मेचीनगर नगरपालिका खेलकुद विकास समितिका संयोजक नविन बरालले पुरस्कार प्रदान गरेका थिए ।
    बुधवारको पहिलो सेमीफाइनल खेलमा विभागीय टीम नेपाल पुलिस क्लबले सीएमजी संकटाको सामान गर्नेछ । पुलिस पारो एफसीमाथि ३–० को सहज जीत निकाल्दै सेमीफाइनलको यात्रा तय गरेको थियो । यता संकटाले आयोजक मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरमाथि ४–१ को गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान पक्का गरेको थियो ।
    २१ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख १ हजार तथा उपविजेता टिमले नगद ५ लाख १ हजार पाउने आयोजक क्लबका कोषाध्यक्ष नोर्वु शेर्पाले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…