• नयाँ दिल्ली (एजेन्सी) । सत्तारुढ पार्टी भाजपालाई उत्तर प्रदेशमा २०१४ मा पाएको सफलता दोहोर्याउन मुश्किल देखिएको छ । कैयौं जानकारहरु समाजवादी–बहुजनको महागठबन्धनमा काँग्रेस सहभागी नभएर काँग्रेसले भाजपाको मद्दत गरेको विश्लेषण गर्नछन् । तर, केही सर्वेहरुले भने फरक तथ्य देखाएका छन् ।

    कुनैबेला एकअर्काका दुश्मन रहेका बहुजन र समावजवादी पार्टीले हात मिलाएपछि त्यसै दिन भाजपाका लागि ‘राम्रो दिन’ नआउने देखिएको थियो । तर, केही जानकारहरुले महागठबन्धनमा काँग्रेस सहभागी नभएर भाजपालाई सहयोगमात्र गरेको उसलाई कुनै सहयोग नहुने बताइरहेका छन् । तर, त्यो कुरा तथ्यसंगत देखिएको छैन । इण्डिया टूडे डेटा इन्टेलिजेन्स यूनिट (डीआईयू)को गरेको सर्वेले भने फरक तथ्य देखाएको छ । डीआईयूले तीन पार्टीका उम्मेदवारहरुको जातिगत विवरण विश्लेषण गरेको छ ।

    डीआईयूले उत्तरप्रदेशका ८० मध्ये ५२ चुनाव क्षेत्रको तथ्यांकको विश्लेषण गरिएको छ । यस विश्लेषणका अनुसार ३६ सिटमा काँग्रेसले महागठबन्धनलाई सहयोग गरेको देखिएको छ । यस्तै बाँकी १६ सिटमा भाजपा विरोधी मत बाँडिने देखिएको जसको फाइदा भाजपालाई हुनेछ । एक्लै चुनाव लडेपनि काँग्रेसले यस्ता उम्मेदवार बनाएको छ जसले भाजपाकै मत काट्नेछन् । गएको आम निर्वाचनमा भाजपाले उत्तरप्रदेशका ८० मध्ये ७१ सिटमा जितेको थियो । डीआईयूले जातीय आधारमा विश्लेषण गरेको हो । किनकी उत्तरप्रदेशमा जातीय आधारमा मतदान हुनेगर्छ । हरेक पार्टीका आफ्ना वफदार मतदाता छन् । जाटव बहुजन, यादव र मुसलमान समाजवादी र सवर्ण, गैर जाटव दलित तथा गैर यादव ओबीसीले भाजपाको समर्थन गर्छन् । यदि सबै जातीले परम्परागत रुपमा आ आफ्ना पार्टीप्रति वफदारी निभाए भने काँग्रेसले बहुजन–समाजवादीको गठबन्धन महागठबन्धनलाई नोक्सान गर्नेछैन ।

    उम्मेदवारहरुको चयनअनुसार काँग्रेस र महागठबन्धनबीच ८ सिटमा सम्झौता देखिएको छ । दुबै समूहले आफ्ना ठूला नेताहरुको विरोधमा उम्मेदवार बनाएका छैनन् । काँग्रेसले ६ सिटमा उम्मेदवार बनाएको छैन । उता महागठबन्धनले दुई सिटमा उम्मेदवार बनाएको छैन । हालसम्म काँग्रेस र महागठबन्धनले सिधै ८ सिटमा सम्झौता गरेको छ । बाँकी ४४ सिट मध्ये काँग्रेसले ३४ सिटमा यस्ता उम्मेदवारलाई टिकट दिएको छ, जसका जातीले आमरुपमा भाजपालाई समर्थन गर्छन् । काँग्रेसले १७ उम्मेदवार यस्ता उठाएको छ, जुन ब्राह्मण, राजपूत, वैश्य, जाट वा अन्य सवर्ण जातीका हुन् । गएको चुनावमा यी जातीका ७० प्रतिशत मतदाताले भाजपालाई मतदान गरेका थिए । स्थानीय स्तरमा पनि यी १७ मध्ये १४ सिटमा काँग्रेसले भाजपाकै मत काट्ने देखिएको छ । ११ अन्य सिटमा काँग्रेसले यादव ओबीसी उम्मेदवार उठाएको छ । जसमा कोइरी, कुर्मी, लोध शाक्य र सोनार जातीका छन् । एक सर्वेका अनुसार गएको चुनावमा कोइरी÷कुर्मीका ५३ प्रतिशत मतदाताले र अन्य ओबीसी जातीका ६१ प्रतिशतले भाजापालाई मतदान गरेका थिए ।

    डीआईयूको सर्वेअनुसार काँग्रेसले ९ यस्ता उम्मेदवार उठाएको छ, जसले भाजपाको मत काट्नेछन् । काँग्रेसका गैर जाटव दलित उम्मेदवार पनि ६ मध्ये ४ सिटमा भाजपाकै मत काट्न सक्नछन् । २०१४ मा यी जातीका ४५ प्रतिशत मतदाताले भाजपालाई मतदान गरेको सर्वेले देखाएको छ । तथ्यांकले भाजपालाई समस्या हुने देखाएको छ । बहुजन–समाजवादीको मुस्लिम–यादव–दलित गठबन्धन कागजमा निकै बलियो देखिन्छ । यी एकैसाथ आए भने उत्तरप्रदेशमा निकै बलियो शक्ति देखिन्छ । यी जातीलाई जोड्ने हो भने उत्तरप्रदेशको करिब आधा जनसंख्या हुन्छ । एक सर्वेका अनुसार ८० मध्ये ४७ सिटमा यी जातीको संख्या ५० प्रतिशतभन्दा धेरै छ । यस्तो लाग्छ काँग्रेसले तथ्यांकअनुसारै गैर मुस्लिम–यादव–दलित उम्मेवार उठाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…