• काँकरभिट्टा, १८ बैशाख । नेपाल पुलिस क्लब मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।
    बुधवार सम्पन्न पहिलो सेमीफाइनल खेलमा सीएमसी संकटालाई टाइब्रेकरमा ४–३ को गोल अन्तरले हराउँदै फाइनलको स्थान पक्का गरेको हो । यो जितसँगै प्रहरीले नगद ५ लाख १ हजार सुनिश्चित गरेको छ । यो प्रतियोगितामा प्रहरीले पहिलो पटक फाइनलको यात्रा तय गर्ने अवसर पाएको हो ।
    फाइनलको यात्रा तय गर्न टाइब्रेकरमा प्रहरीका तर्फबाट अजित भण्डारी, भरत शाह, तिर्थबहादुर राना, हरि कठायतले गोल गरेका थिए । प्रहरीकै सुमन लामाको प्रहारलाई गोलरक्षक राजाबाबु थापाले बचाए ।
    यता संकटाका अमित तामाङ, टम्पि इर्नेस्ट, दिपेश आले मगरले गोल गरे । रोमन लिम्बू र लक्ष्मण रुचालको प्रहारलाई प्रहरीका गोलरक्षक रोशन खड्काले ंउत्कृष्ट बचाउ गरेपछि संकटाको फाइनल पुग्ने सपना अधुरै रहयो ।
    ९० मिनेटको निर्धारित समयभित्र १÷१ को बराबरी भएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पुलिस भाग्यमानी बन्दै फाइनलमा पुग्ने सुनौलो अवसर पाएको हो ।
    खेलको दोस्रो हाफको २७ औँ मिनेटमा नेपाल पुलिस क्लबका मानबहादुर परियारले सुरुवाती अग्रता दिलाएका थिए । मानबहादुरले हेड गरेको बल गोलरक्षक राजाबाबु थापाबाट रिबाउण्ड भएपछि पुन परियारले सदुपयोग गर्दै सानदार गोल गरेका थिए । जुन गोलमा गोलरक्षकले कुनै भेउ नै पाएनन् ।
    एक गोलले अग्रता भएको प्रहरीले ५ खेललाई अन्तिम ५ मिनेट खेलमा सम्हालिन नसक्दा टाइब्रेकरबाट जित निकाल्ुन परेको थियो । खेल ४२ औँ मिनेटमा संकटाका विदेशी खेलाडी फोफोना फोडेले हेडरबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । संकटाले बारम्बार गरेको काउण्टर एटेक बललाई हेड मार्फत फोडेले जाली चुमाएका थिए ।
    खेलको ५ औँ मिनेटमा संकटाका सुबास गुरुङले पाएको पहिलो अवसर गोलपोष्ट नजिकबाट बाहिरियो । १७ औँ मिनेटमा विदेशी खेलाडी इकेने क्रिशियनको बाइसाइकल किक पोष्ट माथिबाट बाहिरियो । ४१ औँ मिनेटमा फोफोना फोडेको हेडर गोलरक्षक शत्रुधन चौधरीको हातबाट फुत्एिको बललाई क्रिसियनले सदुपयोग गर्न सकेनन् ।
    दोस्रो हाफको १९ औँ मिनेटमा संकटाले पाएको फ्रिकिक सदुपयोग हुन सकेन ।
    पहिलो हाफको २० औँ मिनेटमा संकटाका गोलरक्षक राजाबाबु थापाको हातबाट फुत्किएको बललाई नेपाल प्रहरीका सुमन लामा सदुपयोग गर्न सकेनन् । २१ औँ मिनेट प्रहरीका रवि पासवानको क्रस रेजिन सुब्बाले भेटन नसक्दा अग्रता बनाउने मौका गुमायो । २५ औँ मिनेटमा रेजिनको प्रहार संकटाका गोलरक्षकले मुस्किलले बचाए । दोस्रो हाफको १४ औँ मिनेटमा रविको प्रहार संकटाका गोलरक्षक राजाबाबुले पञ्च गरेर बाहिर पठाइदिए । २० औँ मिनेटमा सुमन लामालाई फाउल हानेपछि संकटाका क्रिसियनले पहेँलो कार्ड पाए ।
    खेलको म्यान अफ द म्याच नेपाल प्रहरीका मानबहादुर परियारले प्राप्त गरे उनले नगद ११ हजार पाए ।
    बिहिवारको अन्तिम सेमीफाइलनल खेलमा डिफेन्डिङ च्याम्पियन विभागिय टिम त्रिभूवन आर्मी र रुस्लान थ्रीस्टारबिच प्रतिस्पर्धा हुुदैँछ ।
    २१ गते हुने फाइनल खेलमा विजेता टिमले नगद १० लाख १ हजार रुपैँया र उपविजेता टिमले नगद ५ लाख १ हजार रुपैयाँ पाउने आयोजक क्लबका अध्यक्ष मिन बस्नेतले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…