• बाहुण्डाँगी, १८ बैशाख ÷ बाहुण्डाँगी जेसीज वर्ष २०१९ को ८ दिवसीय तालिम बुधवारबाट शुरु भएको छ ।
    मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको तालिम अन्तर्गत पहिलो दिन मेचीनगर नगरपालिकाका जनप्रनिधिहरुका लागि संसदीय बैठक सञ्चालन सम्बन्धि तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर राजविमल श्रेष्ठले गर्नु भएको थियो । तालिमका मुख्य प्रशिक्षक समेत रहनु भएका सिनेटर पौडेलले जेसीजले युवाहरुको नेतृत्व र व्यक्तिव विकासँगै समाज परिवर्तनमा महत्वपूर्ण काम गर्दै आएको बताउनु भयो । उहाँले जेसीज तालिमको विश्वविद्यालय भएको बताउनु हुँदै बाहुनण्डाँगी जेसीजले आयोजना गरेको ८ दिवसीय तालिमले थप मेचीनगरबासीलाई थप उर्जा थप्ने बताउनु भयो ।
    तालिममा मेचीनगरका ५३ जना जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । बाहुण्डाँगी जेसीज वर्ष २०१९ का अध्यक्ष कञ्चन उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखका संस्थापक अध्यक्ष नविन बराल, मातृ शाखा धुलावारी जेसीजका अध्यक्ष केशव पोखरेल, सहभागिका तर्फबाट मेचीनगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष पासाङ तामाङ, वडा नम्बर ९ की वडा सदस्य लक्ष्मी परियार, शाखाका पूर्व अध्यक्ष पुष्कर ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा मेचीनगर लेडी जेसीजकी अध्यक्ष मञ्जु भण्डारी, मेचीनगर ५ का अध्यक्ष योगेन थापा, वडा नम्बर ७ का अध्यक्ष विकेन्द्र धिमाल, वडा नम्बर ९ का अध्यक्ष गोपाल खड्का, वडा नम्बर १० का अध्यक्ष सुदय पनेरु, वडा नम्बर १२ का अध्यक्ष नगेन्द्र धिमाल वडा नम्बर १४ का अध्यक्ष शंकर पोखरेल र वडा नम्बर १५ का अध्यक्ष राजन भट्टराई, बाहुण्डाँगी जेसीजका पूर्व अध्यक्ष बद्री निरौलाको सहभागिता रहेको थियो ।
    शाखाका उपाध्यक्ष हेमन्त मोक्तानले जेसीज आस्थापाठ गर्नु भएको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक सागर कार्कीर सञ्चालन महासचिव देबु बानियाँले गर्नु भएको थियो ।
    तालिम अन्तरगत २१ गते शाखाका पदाधिकारीलाई उत्प्रेरित तालिम, २५ गते लागु औषध न्यूनिकरण सम्बन्धि विद्यार्थीहरुलाई तालिम, जेठ ४ गते सामाजिक संघ संस्थाका प्रमुखहरु, जेठ ७ र ८ गते मेचीनगरका बाल क्लबका विद्यार्थीहरुलाई तालिम, ११ गते बहुशाखा तालिम, १५ गते उद्यमशीलता सम्बन्धि व्यवसायीहरुलाई तालिम र १७ गतेलमेचीनगरस्तरीय वक्तृत्वकलासहित तालिमको समापन हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…