• झापा । जग्गा धनी र जोतभोग गर्दै आएका किसानबीचको ५५ वर्ष लामो समयदेखि चल्दै आएको मुद्दा स्थानीयस्तरमै समाधान भएको छ ।
    साविक झापा शनिश्चरे ६ मा पर्ने १८ घरे र ऐलानी टोलका समुदायबीच मुद्दा चल्दै आएको थियो । मुद्दा बढेर सर्वोच्च अदालतसम्म पनि पुग्यो तर समाधान निस्कन सकेको थिएन । उक्त जग्गा हाल अर्जुनधारा नगरपालिकाको वडा नम्बर ११ मा पर्छ ।विभिन्न विवादको स्थानीयस्तरमै समाधान गर्दै आएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको पहलमा त्यहाँको समस्या पनि ५५ वर्षपछि समाधान भएको हो । केन्द्रले गत भदौमा स्थानीयस्तरमा माकुरा समूह निर्माण गरेर समाधानको पाटो खोजेको थियो ।पक्ष–विपक्षलाई सहमतिमा ल्याउनका लागि अनेकन् प्रयासपछि १० बुँदे सम्झौता गरिएको माकुरा समूहका सदस्य जगत रानामगरले बताए । जग्गा धनी र किसानबीच सहमति जुटेपछि मंगलबार एक कार्यक्रम गरी सम्झौता पत्र आदान प्रदान गरिएको छ ।माकुरा समूहको अथक प्रयासपछि आधा शताब्दिभन्दा लामो समस्या समाधान भएकोमा केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति संगीता थापाले खुसी व्यक्त गरिन् । सहमतिमा भएका निर्णय पारित गर्न आयोजित कार्यक्रममा पक्ष–विपक्ष, जनप्रतिनिधि, पार्टी प्रतिनिधि, सञ्चारकर्मीमाझ सम्झौता पत्र आदान प्रदान गरिएको थियो ।स्थानीय हरिकुमारी खड्काको नाममा श्रेष्ता कायम रहेको कित्ता नम्बर १६४ को १८ विगाह ५ कठ्ठा जग्गा करिब ३५ घरपरिवारले उपभोग गर्दै आएका थिए । जग्गाधनीले उक्त जग्गा उपभोग गर्न नपाएको र जोतभोग गर्दै आएका किसानले आफ्नो नाममा धनीपूर्जा निकाल्न नसक्ने अवस्थाको समस्या सम्वादका माध्यमबाट समस्या समाधान गरिएको स्रोतव्यक्ति थापाले बताइन् ।सम्झौता पत्रमा जग्गाधनी र जग्गा उपभोग गर्ने समुदायबीच उपभोग गरेको जमिन आधा आधा बाँडफाँड गरी लिने–दिने सहमति भएको छ । उक्त कार्य जेठ मसान्तभित्र सम्पन्न गरिने भनिए पनि जग्गाको नापजाँच सुरु भइसकेको छ ।जग्गा बाँडफाँड गर्दा पूर्वपट्टिको भाग जग्गा उपभोग गर्ने समुदाय र पश्चिमपट्टिको भाग जग्गाधनीलाई दिने सहमति भएको छ । त्यस्तै, उक्त जग्गाको नापजाँच नापी कार्यालय भद्रपुरबाट प्राविधिक झिकाएर गर्ने भनिएको छ ।मालपोत रकम, वडामा लाग्ने सिफारिस, प्राविधिक खर्च दुवै पक्षले व्यहोर्ने सहमतिमा जुटेका छन् भने जग्गा रजिष्ट्रेशनवापतको रक मभने जग्गा प्राप्त गर्ने व्यक्तिले व्यहोर्ने सहमति भएको छ ।जग्गा बाँडफाँड गर्दा पश्चिमपट्टि चाक्ला हुनेगरी घर निर्माणसमेत हटाइ खाली गरिदिने, जग्गा विवादका क्रममा कानुनी प्रक्रिया अघि बढाइएकाले जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा सामाजिक, आपसी समझदारीका आधारमा मेलमिलापका लागि आआफ्ना वकिललाई समेत जानकारी गराएर मुद्दाको अन्त्य गर्ने पनि सहमति भएको छ ।
    न्य्रूज सञ्जाल डट कम

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…