• काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री निवास बालुवाटारसंगै जोडिएको ललिता निवास निवास व्यक्तिका नाममा गर्ने प्रकरणमा सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जोडेर त्यत्तिकै तुहाउने प्रपञ्चमा लागेको छ ।

    सोमबार देउवा गृहमन्त्री भएको बेलामा ललिता निवास व्यक्तिका नाममा लिने प्रक्रिया सुरु भएको सूचना चुहाएको प्रमुख सत्तारुढ दल नेकपा र सरकारले अब यसलाई कसरी त्यत्तिकै साम्य पार्ने भन्ने प्रपञ्च रचिरहेको छ ।

    त्यहि रणनीति अनुरुप प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले त्यही जग्गा विवादमा तानिएका पार्टी महासचिव विष्णु पौडेललाई मुछेर पार्टीलाई कमजोर बनाउन खोजिएको बताएका छन् ।

    अहिलेसम्म त्यो प्रकरणमा मुख नखोलेका प्रधानमन्त्री ओलीले नेकपाको संसदीय दलको बैठकमा पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण भएको बताए ।

    ललिता निवासमा व्यक्तिका नाममा पु¥याउन मुख्य भूमिका खेलेका महासचिव पौडेलका छोरा नविन पौडेलको नाममा प्रधानमन्त्री निवास बालुवाटार (ललिता निवास) सँगै जोडिएको आठ आना सरकारी जग्गा छ । त्यो जग्गा नवीनको नाममा देखिएपछि नेकपा भित्रबाटै पौडेलको आलोचना भइरहेको थियो ।

    प्रधानमन्त्रीले नै ‘पदीय दुरुपयोग गरेर महासचिवले जग्गा किन्नु भएको होइन । राजाको शासनको बेला । निरंकुशता भएको बेला २०६१ सालमा बालुवाटारको दक्षिण कुनामा ८ आना जग्गा किन्नु भएको हो,’ भनेपछि यो घटनामा नेकपाको प्रत्यक्ष संलग्नता रहेको भन्न गाह्रो नहोला ।

    किनकी त्यो जग्गा व्यक्तिका नाममा अहिलेका नेकपा नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा व्यक्तिका नाममा दिन नीतिगत निर्णय भएको थियो ।

    पौडेलले आफुलाई आठ आना जग्गा र तत्कालिन एमालेलाई चार करोड पैसा उपलव्ध गराउने सर्तमा सो जग्गा व्यक्तिका नाममा दिन राजी बनाएका बताइन्छ ।

    सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनेहरुको खोजी भइरहेको भन्दै प्रधानमन्त्री ओलीले क–कसले सरकारी जग्गा हडपेका छन् सरकारले अध्ययन गरिराखेको बताए ।

    ‘जहाँ सुकै हडपिएको जग्गा सरकारले फिर्ता ल्याउँछ,’ उनले भने, ‘कसलाई नाफा हुन्छ या कसलाई नोक्सान हुन्छ केही हेरिँदैन । सरकारले सत्यत्थ्य बाहिर ल्याउँछ ।’

    यता, कांग्रेसले भने ललिता निवास प्रकरणलाई निस्कर्षमा पु¥याउन गहन अध्ययन अनुसन्धान गर्नु पर्नेमा सरकार आफ्नो जिम्मेवारीबाट उम्कन खोजेको बताएको छ ।

    अर्कालाई आरोप लगाएर सरकार पानी माथिको ओभानो बन्न खोजेको कांग्रेसको भनाई छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…