• यूएई । केही बर्ष यता नेपालीहरुको लागि यूएई सधैं चर्चामा रहने गर्दछ । राम्रा नराम्रा बिभिन्न कारणहरुले यूएई चर्चामा रहने गरेको छ । नेपालीहरु माझ यूएईमा यस्तै अर्को चर्चा शुरु भएको छ । त्यो चर्चा हो 'दारी बा को सेकुवा' को ।

    सामाजिक संजालमा निकै चर्चित बनेको छ यूएईको रसअल खेमैहमा रहेको "दारी बा को सेकुवा" । रस अल खेमामा नखीलमा रहेका पुरानो लुलु मार्केट छेवैमा खुलेको रोह अल ईतिहाद रेस्टुरेन्ट नामको रेस्टुरेन्टले हाल "दारी बा को सेकुवा" नाम दिएको सेकुवा परिकारले ग्राहकहरुलाई निकै नै लोभ्याई रहेको देखिन्छ । रस अल खैमहका स्थानीय नेपालीहरु मात्र हैन अबुधाबी, दुबई, शारजाह, फुजैराह, अज्मान लगायतबाट कयौ नेपालीहरु दारी बाको सेकुवा खान आजकल रस अल खैमह आउने गरेका छन् ।

    'यस्तो खाना त मैले दुबईमा कतै खान पाएको छैन', रेस्टुरेन्टमा गत हप्ता सपरिवार भेटिएका चितवनका रमेश ढकालले भने, 'यो रेस्टुरेन्टको स्वाद नै बेग्लै' । ढकालले केक काटेर आफ्नी दुई बर्षिय छोरीको जन्मदिन यहीँ मनाए । उनलाई साँधेको म:म गज्जब स्वादिस्ट लाग्यो ।

    शारजाहका नबिन अर्यालले जीबन भरमा यस्तो मिठो खाना कतै खान नपाएको सुनाए । 'दुबईको कुरा छोडिदिनुस् न, नेपालका कत्रा कत्रा सेकुवा हाउस फ्लप हुन्छन्' हौसिदै नबिनले भने, 'अरुसँग तुलनै हुन्न' ।

    दुबईकी आरती भुसालले श्रीमानले दारीबाको सेकुवा कर्नर (रोह अल ईतिहाद) मा म:म खुबै मनपराएको भन्दै फेसबूकमा खुलेर प्रसँसा गरिन् । श्रीमानको खुशी देखेर नलेखी बस्न नसकेको उनले प्रतिकृया दिइन् ।

    रेस्टुरेन्टका ग्राहक नेपाली मात्र नभएर भारतीय, अरबी र फिलिपिनो पनि रहेको प्रोपाईटर तथा म्यानेजर जीबन दासले बताए । एक पटक आएका ग्राहकहरु दोहोर्याई तेहेर्याइ आउँदा सन्तोष मिलेको उनले सुनाए । 'हामी खाना मात्र बेच्दैनौ, नेपाली स्वादको, नेपाली खानाको प्रबर्द्दन पनि गरिरहेका छौं', उनले भने, "दारी बा को सेकुवा" र म:मको परिकार निकै नै लोकप्रिय भएको छ' ।

    त्यसो त रेस्टुरेन्टमा ईन्डिअन, कन्टिनेन्टल, चाइनिज सबै प्रकारका खानाहरु उपलब्ध छन् , तर नेपाली खानालाइ प्राथमिकतामा राखेर त्यस्को प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको रोह अल इत्तिहादको फेसबुक लगायत बिज्ञापनले देखाउछ। "ढोकाबाट छिरेको ग्राहकलाई नखुवाई नफर्काउने हाम्रो नीति छ" रेस्टुरेन्टका अर्का संचालक तथा "दारी बा को सेकुवा" का प्रारम्भकार निश्चल दाहालले भने, 'खाए पछि नेपाली खाना नमिठो भन्ने सुन्नु परेको छैन' ।

    "दारी बा को सेकुवा" कर्नर यसरी प्रख्यात हुनुमा के छ त राज ? संचालक दाहाल भन्छन, 'हामी फ्रेस खाना खुवाउँछौ, बासी वा लामो समय फ्रीजमा स्टोर गरिएको खाना हामी ग्राहकलाई बेच्दैनौ । त्यसैले यो निकै स्वस्थकर हुन्छ । हामीले कसैको नक्कल गरेका छैनौ र आफ्नै नेपाली मरमसलाको फ्युजन गरि सेकुवा तथा अन्य परिकार बनाउने गरेका छौ।', उनले भने, 'सेकुवा नेपाली पनको बिशिस्ट स्वादको छ, एकपल्ट खाएर हेर्नुस्' । दाहालले थपे " हामी जे खुवाउछौ त्यो आफू पनि स्वयं खान्छौ, आफुलाइ सम्झिएर र आफुलाइ त्यो खाना स्वादिलो र पाच्य हुन्छ कि हुन्न सोही दिमागमा राखेर हामी खाना पस्कन्छौ। अब भन्नुस त स्वाद र गुणस्तरमा सम्झौता गर्ने कुरा रहला त?"

    यूएईका सबै रेस्टुरेन्टमा नेपाली खाना पाईन्छ । धेरैमा सेकुवा र म:म पनि पाईन्छ । तर दारी बाको रेस्टुरेन्टको चर्चा किन यती धेरै ? संचालक दासको अनुसार हरेक खानामा अन्य रेस्टुरेन्टको भन्दा अलग्गै स्वाद दिने प्रयास गरिएको छ । नयाँ पन दिन स्वादमा केही नयाँ प्रयोग गरिएको र निकै सफल भएको उनले सुनाए । कस्तो नयाँ प्रयोग गर्नु भो ? भन्ने प्रश्नमा दासले ग्राहक आँफैले रेस्टुरेन्टमा खाएर चेक गर्न अनुरोध गरे । उनले त्यसको राज खुलाउन भने चाहेनन् ।?

    यूएईमै यती धेरै चर्चा कमाएको रस अल खैमहको "दारी बा को सेकुवा" (रोह अल ईतिहाद) मा आएर खानु भएको छैन ? पछुताउनु होला ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…