• काँकडभिटा । काँकडभिटामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको अन्तिम सेमीफाइनल खेलबाट त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । आर्मीले रुस्लान थ्रीस्टार क्लबलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । उपाधिका लागि आर्मीले नेपाल पुलिस क्लबको सामना गर्ने छ ।
    खेलको २८ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । सुमन अर्यालको क्रस पासमा श्रेष्ठले बललाई हेड मार्फत पोष्टको दिशा दिदै टीमका लागि गोलको खाता खोलेका थिए । ३९ औ मिनेटमा श्रेष्ठले नै अर्काे गोल थपेका थिए । अर्यालको पासमा वान भर्सेस वान खेल्दै श्रेष्ठले गोल गरेका थिए ।
    पहिलो हाफको अन्त्यतिर थ्री स्टारका लागि बिदेशी खेलाडी एलोन म्याक्सवेलले गोल गरे । अनन्त तामाङको पासमा म्याक्सवेलको गोल गरेका थिए । खेलको ५४ औ मिनेटमा म्यासक्वेललले नै अर्काे गोल थपेका थिए । सुनिल बलको पासमा म्याक्सवेलले बललाई बिपक्षी पोष्टको जाली चुमाउँदै बराबरी गरेका थिए ।
    थ्री स्टारले बराबरी गरेको ७ मिनेट बित्न नपाउँदै आर्मीले फेरी अग्रता कायम गरेको थियो । २–२ को बराबरी रहेको अवस्था अन्त्य गर्दै आर्मीका दीपकुमार लामाले गोल गरेका थिए । सेसेहाङ आङदेम्बेको पासमा लामाले गोल गरेका थिए ।
    खेल अवधिभर आर्मीले बिपक्षीमाथि दवाव श्रृजना गरेको थियो । आर्मीका सेसेहाङ आङदेम्बेले खेलको तेस्रो मिनेटमा डि एरियामा पाएको पासाई सदुपयोग गर्न सकेनन् । १७ औ मिटमा जितेन्द्र कार्कीले मैदानको मधयभागबाट गरेको शक्तिशाली प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ४२ औं मिनेटमा अनमार्क रहेका सेसेहाङ आङदेम्बेले गप्रहार गरेको बललाई थ्री स्टारका गोलरक्षक एलेन न्यौपानेले बिफल बनाए । ४९ औं मिनेटमा नवयुगको हेडर गोल हुन सकेन ।
    १७ औं मिनेटमा थ्री स्टारका म्याक्सवेलको शक्तिशाली प्रहार पोष्टमा लागेर फर्कियो । २७ औ मिनेटमा बिदेशी खेलाडी मन्साको फ्रि हेडर फितलो हुँदा आर्मीका गोलरक्षक बिवस चौधरीले नियन्त्रणमा लिए । ३२ औं मिनेटमा आर्मीका गोलरक्षक चौधरी बीट भइसकेको अवस्थामा सुशिल राईले गरेको हेडरलाई आर्मीका दिपक गुरुङले गोललाइनबाट जोगाए ।
    खेलको म्यान अफ द म्याच बिजेता टीम त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । गोल्डकपको चौथो सिजन चल्दै गर्दा तीन पटक त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको हो । आर्मीले बिगतका दुई सिजनको उपाधि रक्षा गरिसकेको छ । फाइनल खेल शनिबार हुने आयोजक समितिले जनाएको छ ।
    बैशाख १२ गतेदेखि भएको प्रतियोगितामा आयोजक सहित, भुटानको पारो एफसी, क्यामरुनको दाउफिन्स फुटबल क्लब, संकटा क्लब, च्यासल युथ कलब, धरान फुटबल क्लब, माइभ्याली फुटबल कलब, रुस्लान थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले नगद १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…