• काठमाडौं । भारतको उडिसाबाट सुरु भएको विनासकारी फोनी चक्रपातको असर नेपालमा पनि परिरहेको छ । विशेषगरी उच्च हिमाली भेगमा यसको असरले हिमपात पर्ने भन्दै सरकारले समेत सो क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

    चक्रवाती ‘फोनी’ तूफान शुक्रबार उडिसाको तटवर्ती इलाकबाट अहिले उत्तर तर्फ उकालो लागेको छ । सो क्षेत्रमा यतिबेला भीषण वर्षा भईरहेको छ । मौसम विभागका अनुसार, चक्रवाती तूफान फोनीको असर उडिसाको करिब दश हजार गाउँहरुमा परेको छ । उडिसाका मुख्यमन्त्री नवीन पटनायकले उद्दारको लागि रिलिफ क्याम्प तयार पार्ने भन्दै अहिले घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

    उडिसाको तटबाट सुरु भएको सो तुफान यतिबेला १७५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा घुमिरहेको छ । कैयौं इलाकामा यसको असरले वर्षा पनि भइरहेको छ । फोनी तूफान अहिले पश्चिम बंगालमा पुगेको भारतीय मौसम विभागले जनाएको छ । यसको असर नेपालको समेत पूर्वी भेगमा पर्ने देखिएको छ ।

    चक्रवात ‘फानी’का कारण नेपालको मौसम परिवर्तन भइ मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा हुने देखिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म देखिएको छैन ।

    यद्यपि यसको प्रभावबाट नेपालको पूर्वी र मध्यक्षेत्रमा आज र भोलि हावाहुरीसहित हल्कादेखि भारी वर्षा हुने महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिए । हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना देखिएकाले त्यहाँका बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…