काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संसदमा ‘मेरो सरकार’ भनेपछि प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न उठाएका छन् ।
उनले शुक्रवार आफ्नु ट्विटरमा ट्विट गर्दै देशमा नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार भनेर प्रश्न गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘सम्माननीय‘सम्माननीय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ? कुनै बेला ‘श्री ५ को’ सरकार थियोे, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे। आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ?’