• बैशाख २०
    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा उत्तर पुर्वी मोरङका पत्रकारहरुले शुक्रबार बेलबारीमा प्रभात फेरी आयोजना गरेका छन् ।प्रस्तावित पत्रकार महासंघ उत्तर पुर्वी मोरङ शाखाले कार्यक्रम आयोजना गरेको थियो ।

    बेलबारी,पथरी,उर्लाबारी,कानेपोखरी,विराटचौक,केराबारी लगायत स्थानबाट भेला भएका पत्रकारहरुले पे्रस स्वतन्त्रता दिवसको अवसरमा कार्यक्रम गरेका हुन । बेलबारी नगरपालिकाबाट सुरुभएको प्रभात फेरी पश्चिम बस स्टेण्ड सम्म पुगेको थियो । सोही स्थानमा सभा आयोजना भएको थियो ।
    कार्यक्रममा बोल्ने बक्ताहरुले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरी सरकारबाट हुने गरेका व्यवहारहरु लोकतान्त्रिक मान्यता विपरित रहेको बताए । कानुनी रुपमा कतिपय अवस्थामा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खालका प्रावधान रहेकाले सच्याउन समेत उनीहरुले माग गरेका छन् ।
    महासंघ मोरङको विराटनगर केन्द्रित व्यवहारको विरोध,नयाँ शाखाको तयारी सुरु
    पत्रकार महासंघ मोरङको विराटनगर केन्द्रित गतिविधि र विराटनगर वाहिरका पत्रकार प्रति उदासिन व्यवहार रहेको भन्दै त्यसको चर्को आलोचना समेत भएको छ ।प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेतले महासंघ मोरङले विराटनगरमा रहने पत्रकारलाई मात्रै केन्द्रित गरेर पुरस्कार,प्रोत्साहन,तालिम लगायत सम्बन्धी कार्यक्रम गर्ने गरिएको बताए । समानताका आधारमा जिल्लाभरका पत्रकारलाई व्यवहार गर्नुपर्नेमा त्यसो नभएकाले अब विरानगर वाहिरका पत्रकारहरुले संगठित भएर छुट्टै शाखा खोल्नुपर्ने उनको भनाई थियो । पत्रकार महासंघ मोरङका पुर्व सहसचिव केदार चौहान र पत्रकार भक्तसेर लिम्बुले पनि विराटनगरभन्दा वाहिर रहेर पत्रकारिता गर्नेहरुको हित र सुविधाका लागि छुट्टै शाखा आवश्यक रहेको बताएका थिए । संघिय प्रेस फोरम प्रदेश १ का संयोजक फिपराज बेघाले पनि बोलेका थिए । पत्रकार महासंघ मोरङ का सदस्य सरोज बस्नेतको संयोजनमा सो कार्यक्रम भएको थियो ।

    यसैविच कार्यक्रममा सहभागी पत्रकारहरुले महासंघको उत्तर पुर्वी मोरङ शाखा स्थापनाका लागि तयारी सुरु गर्ने निर्णय समेत गरेको छ ।तत्कालै अर्को भेला बसेर नयाँ शाखाको तदर्थ समिति,कार्यलय रहने स्थान लगायतबारे टुंगो लगाउने समेत निर्णय भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…