• उर्लाबारी २० बैशाख

    मोरङको उर्लाबारी ८ अठियाबारी स्थित परिर्वतनशिल धिमाल युवा संघ अन्र्तगत उपभोत्ता समितिले धिमाल संग्रहालय भवनको विधिवत रुपमा शिल्यानास भएको छ । करिब ४५ लाख रकम बराबरको धिमाल संग्रहालय दुई तल्ला भवन बन्ने भएको हो । शुक्रबार एक कार्यक्रम आयोजना गरी वडा नम्बर ८ का वडा अध्यक्ष कुलबहादुर कार्कीबाट सो भवनको शिल्यानास गरेका थिए ।

     

    सो भवन निर्माणका लागी यसै भवन निर्माण उपभोत्ता समितिका संयोजक सुनिल धिमालले दश धुर जग्गा दान गरेका हुन । हालको समयमा धिमाल जातिको संस्कार संस्कृति लगायत बिबिधकुराहरु लोप हुदै गएको यो अवस्थामा यसलाई धारण गर्न नसके पनि पहिले के कस्तो थियो भन्न आउदा पुस्ताकालागी अध्ययान अनुशन्धानका लागी सहज हुने भएकोले संग्रहालय स्थापना गर्न जरुरी रहेको उपभोत्ता समितिका संयोजक सुनिल धिमालको भनाई राखेका थिए । यी यस्ता कुराहरुकालागी वडा कार्यालयले सकेसम्म साथसहयोग हुने वडा नम्बर ८ का अध्यक्ष कुलबहादुर कार्कीको भनाई रहेको थियो ।

     

    उक्त कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ८ का वडा अध्यक्ष कुलबहादुर कार्की, अतिथिहरुमा उर्लाबारी नगर कार्यपालिका सदस्य धनराज धिमाल, चन्द्रा डाँगी, वडा सदस्य जानुका बराईली, धिमाल जातीय विकास केन्द्र परियोजना प्रमुख पर्तमान धिमाल, धिमाल जातीय विकास केन्द्र काठमान्डौ जिल्ला समितिका कोषाध्यक्ष सविता धिमाल, धिमाल जातीय विकास केन्द्र काठमान्डौ जिल्ला समितिका सदस्य बिरु धिमाल लगायत स्थानिय बुद्धीजिविको रहेका थिए भने परिर्वतनशिल धिमाल युवा संघ अन्र्तगत उपभोक्ता समिति धिमाल संग्रहालय भवन निर्माणका संयोजक सुनिल धिमालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम भने संघका पूर्व अध्यक्ष बिकास धिमालले संचालन गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…