• मेचीनगर  : चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधिका लागी विभागीय टिम त्रिभुवन आर्मीले नेपाल पुलिसको सामना गर्दैैछ। डिफेन्डिङ च्याम्पियन आर्मी सिजनको ५ औं उपाधि आफनो पक्षमा पार्ने रणनीतिका साथ तयारीमा रहँदा पुलिस सिजनको दोस्राे उपाधि जित्नका लागी काँकडभिट्टाको मैदानमा उत्रदै छ। गत संस्करणको गोल्डकप प्रतियोगितामा आर्मीसँग ३–० ले हारेर उपाधि होडबाट बाहिरिएको पुलिसलाई जित निकाल्दै हारको बदला लिने अवसर रहेको छ। आर्मीलाई जित दिलाउन २ गोल गर्ने दिनेश हेन्जन टिममा नहुँदा जर्जप्रिन्स कार्की बेञ्चमा छन्। आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदकका लागी समेत भिडेका यी २ टोली सिजनमा दोस्राे पटक प्रतिस्पर्धा गर्दैछन। प्रिम्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमले कडा प्रतिस्पर्धा हुने बताए।

    आर्मीका प्रशिक्षक नविन न्यौपानेले फाइनल भीडन्त दुई विभागीय टोलीको प्रतिष्ठाको लडाइँ भएको बताए। यसअघिका भेटमा समान जीत र हार व्यहोरेका कारण पनि जीत निकाल्न आर्मीका खेलाडी रणनीतिअनुसार सफल हुने उनले दाबी गरे। धेरै खेलाडी बिरामी भए पनि उमेर समूहका बाँकी खेलाडीबाटै उपाधि जित्ने उनको अपेक्षा छ। नियमित कप्तान भरत खवास र गोलकिपर विकेश कुथू नहुँदा अघिल्ला खेलमा अपेक्षा अनुुसार नतिजा निकाल्न नसकेको आर्मीलाई फाइनलमा युवा खेलाडीले उपाधि दिलाउने उनले बताए।

     

    खेलको ९० मिनेटभित्रै रिजल्ट निकालेर जित्ने महत्वकांक्षा पनि उनले सुनाए। नियमित प्लेमेकर नहुँदा फरक पर्ने बताउँदै कप्तान नवयुग श्रेष्ठले राम्रो खेल प्रदर्शन गरेर दर्शकको मन जित्ने बताए। पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा यसअघिका खेल उपलब्धिमूलक बन्न नसकेकालर् भरत नहुँदा फ्रन्ट लाइनमा समस्या आएको पनिउनले सुनाए। किपर विवश चौधरीमा कन्फिडेन्ट नभएको स्वीकार गरेका प्रशिक्षक नविनले पुलिस विरुद्ध भाइटल म्याच खेल्न पाउनु पनि ठूलै अवसर भएको बताए। पुलिसका कप्तान भरत शाहले तेस्रो भेटमा आर्मीमाथि जीत निकाल्ने दाबी गरे।

    उनले सिजनमा हेड टु हेड नतिजा बराबर रहेको टिमको कमजोरीमा सुधार ल्याउन मिस पास र फिनिसिङमा सुधार गर्नु पर्ने अवस्था रहेको पनि बताए। पुलिसका डिफेन्डर सुमन सुवेदीले मेचीनगर गोल्डकपलाई ‘बेस्ट अफ थ्री’ को रुपमा लिएको बताए। सुवेदीले टिमको बल पोजिसन र टिमवर्क राम्रो रहेकाले ९० मिनेटभित्र रिजल्ट निकाल्ने प्रयत्न हुने पनि सुनाए। विपक्षी आर्मी फिजिकल्ली फिट भएको भन्दै कम नठानिएको उनीहरूको भनाइ थियो।

    फरक प्रसंगमा पुलिस टिम पुरस्कार बृद्धिमा भन्दा पनि प्रतियोगिताको पूर्वाधार विकासको पक्षमा रहेको कप्तान शाह र सुवेदीले बताए। मेचीनगर गोल्डकपको चारवटा मध्ये २ वटा संस्करणमा सहभागिता जनाएको आर्मीले गत संस्करणमा मनाङ मर्स्याङदीलाई हराउँदै उपाधि जितेको थियो। जारी सिजनमा मेचीनगर गोल्डकप अघि ८ वटा फाइनल खेलेको आर्मीले ४ वटा उपाधि आफनो पक्षमा पार्दा पुलिसले २ वटा मध्ये खप्तड गोल्ड कपको मात्र उपाधि आफ्नो पक्षमा पारेको थियो। आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदकका लागि पराजित पुलिस टिम आर्मीलाई हराउँदै सिजनको दोस्राे उपाधिको पर्खाइमा छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…