• सायदै म एउटा यस्तो भाग्यमानी छोरो हुँला जस्को बाल्यकाल आमाको न्यानो माया मीठो सद्भाव अनि अतिरन्जित पलहरु सङ्ग हास्दै खेल्दै बिताउन पाए।
    जसरि ९ महिना गर्भमा राखेर अनेकन बाधाहरुलाई छिचोल्दै आफ्नो न्यानोपनमा राख्यौ एक हद नडागमगाइ। बाबको त्यो कहाली लाग्दो रोल्पा बसाइ अनि हामी दुई नाबालकलाइ तिमिले बरु आफु भोकै बसेपनी हामिलाइ कहिल्यै भोकै राखिनौ।
    तिम्रा आफ्ना पाउमा चप्प्ल परेकी परेनन सायद म बालकले थाहा पाउन पाइन तर हामिलाइ सधै मीठो ख्वाउने अनि राम्रो लगाउने कुरामा आफुले जतिनै दु:खद परिस्थितिको सामना गर्नु परे पनि हाम्रा इक्ष्या चाहानालाइ सदैब आफ्नो मुख्य आधार बनायौ।
    यस्ती आमाको बयान म कसरी गरु
    जहिले सम्म बुझ्ने भए सधै तिमिलाइ दु:ख दिए कहिले तिम्रा कुरा काटे त कहिले तिमिलाइ रुवाए पनि, तर तिम्रो माया ममता अनि आफ्नोपनमा कहिले उदासिनता देखाइनौ सधै आफ्नो छत्रछायामा राखेर एउटा सबल सफल अनि सबैले माया गर्ने र सद्भाव राख्ने मान्छे बनायौ। धन्य आमा तिमिलाइआमा यो छोरा हजुरलाइ प्रण गर्छ आगामी दिनमा तिमिले भोगेका दु:ख कष्टहरु सबैमा हजुरको साथ रहेर भुल ब:स गरेका गल्तीहरु नियाल्ने छु र आगामी दिनमा तिम्रा ती फुटेका पैताला हरुमा मल्हम लगाउने प्रयत्न गर्नेछु। सधै मेरा भगवान रुपि आमा र बाबाको आशिर्वादलाई शिरोधर गरि तिमी जस्तै हुने कोशीस गर्ने छु।

    मातातिर्थ औंशिको पावन अबसरमा मेरि ममतामयि आमा सहित सम्पुर्ण देविहरुमा हार्दिक हार्दिक नमन.सदैब तपाइको आशीर्वाद सिरोधर राख्ने छु
    र तपाईंको त्यो मुस्कान सदैब त्यसरी नै झल्काउने प्रयत्न गर्ने छु बाचा छ त्यही त मेरो उर्जा हो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…