• उर्लाबारी । जनतासँग समन्वय गरेर समाजमा आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले थालिएको समुदाय प्रहरी साझेदारी अभियान कार्यक्रम प्रभावकारी बनेको सरोकारवालाहरुले बताएका छन् ।
    इलाका प्रहरी कार्यालय उर्लाबारीले शनिबार मोरङ उर्लाबारी–९ मा आयोजित सन्थाल समूदायलाई शैक्षिक सामग्री वितरणमा बोल्दै उनीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोजकुमार केसीले अपराधका घटना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको बताए । जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्रियपूर्वक लागि परेको बताउँदै उनले लागुऔषध नियन्त्रणका लागि पनि अभियान सञ्चालन भइरहेको बताए । समुदाय प्रहरी साझेदारी कार्यक्रम गरी जनतासँग प्रहरीको गतिबिधि बढाउने र जनतासँगै प्रहरी पनि छ है भन्ने भावनाको विकास गराउने काम गरिरहेको उनले बताए ।

    त्यस्तै, उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रहरी प्रशासनले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिए । अपराधमुक्त सभ्य समाज निर्माणमा उनले जोड दिए । सुरक्षाको विषयमा पनि नगरपालिकाबाट साथ सहयोग रहने मेयर फागोले बताए ।

    त्यस्तै, उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारीले जनतालाई सुरक्षाको प्रत्याभूदिन दिलाउन सबै पक्ष लागि पर्नु पर्ने बताइन् । उनले जनतासँग प्रहरी कार्यक्रमले जनतासँग सिधा सम्पर्क बढाउने भएकाले अपराध नियन्त्रणमा सहयोगी बनेको बताइन् ।


    त्यस्तै, उर्लाबारी वडा नं. ८ का वडाध्यक्ष कुलबहादुुर कार्कीले प्रहरी र जनताको समधुर सम्बन्ध कायम हुन सके अपराधका घटना नियन्त्रणमा ठूलो सघाउ पुग्ने बताए । सो अवसरमा प्रहरीले ५० भन्दा बढी सन्थाल समूदायका बालबालिकाहरुलाई शैक्षिक सामग्रीसहित लत्ताकपडा वितरण गरिएको छ । यस्तै, इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको डिजिटल बोर्डको समेत उद्घाटन गरिएको छ । उर्लाबारी नगरपालिकाको सहयोगमा उक्त वोर्ड राखिएको हो ।
    यस्तै, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउने सवालमा प्रहरी सक्रियपूर्वक लागि परेको बताए । जिल्ला प्रहरी कार्यालयको निर्देशन बमोजिम समूदाय प्रहरी साझेदारी, जनतासँग चिया कार्यक्रम, सचेतनामूलक कार्यक्रमलगायत सञ्चालन गरिरहेको उनले बताए ।

    https://www.youtube.com/watch?v=XSn19mZ_sCw

     

    https://www.youtube.com/watch?v=5EWF_rqGHrk

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…