•  

    मातृका लामिछाने
    जुक्रेन भन्ने देशाँ एक बिख्यात कमेडीयनले चुनाऊ जिती देशको पति भएको सुनेर तथा देखेर हाम्रा देशका हाँस्य कलाकारहरुको हाँस्यमण्डल (मन्त्रिमण्डल) बनाएर देशै जिम्मा लाम्न पाए जनता सप्पै खुसी र सुखी हुने थिए भन्ने आशयले अभिप्रेरित भई,
    अलि अलि भाको दुख कष्ट पिडा, रोग सोक, भोक, सपथोक भुलेर हाँसीहाँसी बाँच्ने थिए र मर्नेहरु नि खुसीसाथ हाँसी हाँसी मर्ने थिए भन्ठानेर,
    विश्वमा नै नयाँ किर्तिमान कायम गरि गिनिज बुकाँ नाम लेखाउन भनिकन,
    आसन, भाषण, शाषन, प्रशाषन सप्पै उनिहरुलाई नैे जिम्मा लाउने उदेश्यले,
    राष्ट्रपति, राष्ट्रपत्नि (उपराष्ट्रपति) तथा प्रधानमन्त्री लगायत प्रत्यक्ष चुनाऊ जितेका सवै मन्त्रि तथा मुख्यमन्त्रिहरुलाई चीफ न्यायाधिष श्री मदनकृष्ण श्रेष्ठले पर्सी राष्ट्रभवन ‘खित्खितापुर’ मा पद तथा गोप्यअनियमितताको सपथ पिलाउने,
    र राष्ट्रिय जनावर गौमाताको सुद्ध देशी गोरसको पञ्चामृत खिलाई राष्ट्रबिकासमा अहोरात्र खटाउने कुरा निवर्तमान पत्रकार सरखारका सूचना चुहावट तथा सञ्चार छरपष्ट मन्त्रि श्री ऋषिकुमार धमलाले हमलाजनक भाषामा बताउनुभयो ।
    पूर्ववर्ति पत्रकारहरुको सत्ता सरकारलाई पल्टाउँदै कमेडीयनहरुको जत्थाले सत प्रतिसत सत्ता हात पारेका छन् । उनका अनुसार कमेडीयनहरुको हाँस्यपरिषद् निम्नानुसार छन् ।
    १. राष्ट्रपति – क. सन्तोष पन्त
    २. उपराष्ट्रपति – क. बसुन्धरा भुषाल
    ३. परधानमन्त्रि – क. हरिबंश अचार्ज
    ४. रक्षामन्त्रि – क. किरण के.सी.
    ५. बिदेशमन्त्रि – क. दीपाश्री निरौला
    ६. बित्तमन्त्रि – क. कुञ्जना घिमिरे उर्फ सुन्तली
    ७. गृह तथा आन्तरिक मामिलामन्त्रि – क. दीपकराज गिरी उर्फ राजा
    ८. शिक्षा तथा रोजगारमन्त्रि – क. शिवहरि पौडेल उर्फ मुखाँ हान्नु जस्तो
    ९. स्वास्थ्य सवबनरण तथा जनसंख्या उत्पादन मन्त्रि – क. राजाराम पौडेल
    १०. सूचना सञ्चार तथा चलचित्र बिकास मन्त्री – क. मनोज गजुरेल
    ११. भौतिक योजना तथा बिकासनिर्माण मन्त्रि – क. सीताराम कट्टेल उर्फ धुर्मुस
    १२. स्थानीय विकास मन्त्रि – क. जितु नेपाल उर्फ मुन्द्रे
    १३. कानुन तथा न्याय प्रशाषन मन्त्रि – क. लक्ष्मण गाम्नागे
    १४.निजामति प्रशाषन – राजा उर्फ राजेन्द्र पोखे्रल
    १५. श्रम तथा रोजगार मन्त्रि – केदार घिमिरे उर्फ माग्ने बुढा
    १६. उर्जा तथा आपूर्ति मन्त्रि – क. शैलेन्द्र सिंखडा
    १७. बन, बन्यजन्तु तथा वाताबरण मन्त्रि – क. निर्मल शर्मा उर्फ गैंडा
    १८. यातायात तथा सडक बिकास मन्त्रि – क. दमन रुपाखेती
    १९. पर्यटन तथा हवाई उड्ययनमन्त्रि – क. शिवशंकर रिजाल उर्फ जोगिन्दर
    २०. महिला तथा बालबालिका संरक्षण मन्त्रि – क. पल्पसा डंगोल ऊर्फ चम्सुरी
    २१. जेष्ठ नागरिक एवम् समाजकल्याण मन्त्रि – क. सुरवीर पण्डित उर्फ दारी बा
    २२. उद्योग तथा वाणिज्यमन्त्रि – क. कमलमणि नेपाल उर्फ खुपीका बाऊ
    २३. कृषि, सिंचाई तथा सहकारी मन्त्रि – क. सागर लम्साल उर्फ बले
    २४. युवा तथा खेलकुदमन्त्रि –क. मधुसुदन पाठक उर्फ सिते बा

    त्यसैगरि विभिन्न देशका लागि नयाँ राज्यदुतहरु सिफारिस गरिएको छ ।
    १. अमेरिका – क. नारायण त्रिपाठी
    २. जापान – क. राजु पौडेल उर्फ राजु माडसाब
    ३. भारत – क. संदीप क्षेत्री उर्फ मिठाईलाल
    ४. अष्ट्रेलिया – क. निराजन सिग्देल
    ५. चीन – क. कमल गाउँले
    ६. बेलायत – क. मरिचमान श्रेष्ठ उर्फ बल्छि धुर्वे
    ७. रुस – क. विल्सन बिक्रम राई उर्फ तक्मे बुढा
    ८. जर्मन – क. विष्णु सापकोटा उर्फ हर्के हल्दार
    ९. सिंहापुर – क. रेश्मा तिमिल्सिना उर्फ बुनु मैचा
    १०. कतार – क. किशोर भण्डारी उर्फ डिठ्ठा साब
    ११. मलेसिया – क. अञ्जु महर्जन उर्फ हात्ति
    १२. साउदी अरब – क. उमेश राई उर्फ फुलन्देकी आमा
    १३. दुबई – क. सन्ध्या बुढा उर्फ काउली बुढी
    १४. भुटान – क. गोपाल नेपाल उर्फ फिस्टे

    पत्रकार तथा मिडियाकर्मीहरुको अघिल्लो सरकारको चार वर्षे कार्यकालपछि आउन लागेको कमेडीयनहरुको सरकारको चार वर्षे कार्यकाल पछि सत्ता खेलाडीहरुको हातमा पुग्ने बताइएको छ ।

    स्मरण रहोस् क. भन्नाले कमरेड नभई कलाकार हो भनि बुझ्नुपर्दछ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…