-सन्तोष बिष्ट
को नै छ र? आमाबाबुको बारेमा जति बयान गरे पनि कमी नै महसुस हुन्छ। हाम्रा लागि आमाबाबु हरेक दिन विशेष हुन्छन् ।
छोरो ज्वरोले ग्रसित हुदा रातभरी आँखा नबिसाइ दबाईपानी गर्ने आमा । छोरोले चोट बोकेर आउदा गहभरी आँसु पार्दै मलम लगाउने आमा । दिनभरी भोकै मेलापात गरेर फर्केपछी छोरो भोकायो भन्दै चुलो तिर जाने आमा । तर यिनै आमाबाबु कतिपय सन्तानलाई भारी हुदोरहेछ।
हाम्रै समाजमा त्यस्ता कुपात्र, स्वार्थले भरिएका छोराछोरी पनि छ्न जसले आफ्नो जन्मदिने आमाबाबुलाई टोकरीमा फ्यालिएको फोहोर जति पनि सम्झिदैनन। यस्तै घटना गत वैशाख १७ गते घट्यो। घटना क्रम यस्तो थियो:-
झापाको कमल गाउँपालिकामा जन्म दिने बाबुकै अन्त्येष्टिको बखत छोराहरु बिच कुटाकुट भयो। दाजुभाइ बीच कुटाकुट हुनुको मुख्य कारण थियो अंश बिवाद।
८५ बर्षको उमेरमा रगुनन्द गौतमको गत मंगलबार मृत्युु भयो। गौतम आफ्नो काईला छोरा संग दमकमा बस्ने गर्दथिए। करिव एक बर्ष अगाडि बिरामी भएर थलिएका गौतमलाई काईला छोरा (कुल प्रसाद)ले बेवास्ता गरेका कारण उनका साईला छोरा नरेन्द्र गौतमले कमल गा.पा लिएर आएका थिए। आर्थिक अवस्था कमजोर भएका साईला छोरा(नरेन्द्र) ले बाबुको जिउनी अंश बेचेर उपचार गर्ने सोच बनाएका थिए, तर उनलाई त्यो बेला आफ्नो सोचमा ठेस लाग्यो जब उनले थाहा पाए बाबुको जिउनी त काईलो भाईले छलकपट गरेर आफ्नो नाममा पारिसकेछ।
बाबुको जिउनी पुनः बाबुको नाममा फिर्ता गर्न भाईलाई आग्रह गर्दा समेत काईलोले अटेर गरेको उनको भनाई छ। झुक्याएर बाबुको जिउनी आफ्नो नाममा पारेका काईला छोरा कुल प्रसाद र उनकी धर्मपत्नी गंगाकै गल्ती भएको गाउँ समाजका अगुवा बताउछन। बाबु बिरामी हुदा समेत काईलोले नहेरेकै कारण समाज सबै नरेन्द्र दाईको पक्षमा रहेको स्थानीय बताउछन।
यो एक प्रतिनिधि उदाहरण मात्र हो। हामीले सुन्दै र देख्दै आएका छौ, जन्मदिने आमाबाबुलाई हेयका दृष्टिले हेर्ने छोराछोरीका बारेमा। कुलप्रसाद जस्तो नालायक छोरा हुनु भन्दा त नभएकै बेश होईन र?
वास्तवमा हाम्रो नेपाली समाज सुध्रिनु पर्छ। दस धारा दूध खुवाएर हुर्काउने आमा र हाम्रो खुसीका लागि कोहि संग पनि सम्झौता नगर्ने बाबुलाई श्रीमतीको लहैलहैमा लागेर कुनै महत्त्व नदिने त? के हामी अझै पनि कुलप्रसाद र गंगाको जस्तो आफ्ना आमाबाबुलाई ब्यबहार गर्ने त? कुलप्रसाद र गंगाले आफ्नो छोराछोरीलाई के शिक्षा दिन्छ्न? दलितलाई होईन कुलप्रसाद र गंगा जस्ता अपराधीलाई सामाजिक बहिस्कार गरिनुपर्छ, चुलाचौका बारिनुपर्छ।
आज माता तिर्थ औषी- अर्थात आमाको मुख हेर्ने दिन, बाबुको मुख हेर्ने दिन पनि आउँछ। त्यसैले शुरूवात “म” पात्र बाट नै गरौं! देखावटी एकदिने परम्पराले मात्र होइन,पलाउन पर्छ ह्रदय बाट नै ३६५ दिन नै आमाबाबु(वृद्ध)को सेवामा जुटन सक्ने शक्ति तबमात्र देख्न र भोग्न पर्ने छैन र अन्त्य हुनेछ घरपरिवारबाट घृणित र बेसहारा भइ सडक-पेटि, चोक-गल्ली, मठ-मन्दिर, वृद्ध आश्रममा वृद्धहरुको बास।
बाबुआमालाई ईश्वर नै मान्नुपर्छ तर आमाबाबु कहिले सन्तानले पुजा गरेर राखोस भनी सोच्दैनन, आफ्नो शरीर सक्दा सम्म सन्तानको पुजारी बनिदिन्छ्न । रोग,भय र बुढ्यौलीले च्याप्दा सन्तानको ममता, सहानुभूति र सहयोगको अपेक्षा हुन्छ । सन्तानको बाबुआमा प्रतिको श्रद्धा के कति छ भनी देखिने यहीँ बेला हो।