• काठमाडौँ – नागरिक अगुवाहरू वर्तमान केपी शर्मा ओलीको सरकार भ्रष्टबन्दै गएको टिप्पणी गरेका छन्। राजधानीको बानेश्वरमा नेपालका लागि नेपाली नामक समूहले आयोजना गरेको ‘नागरिक खबरदारी’ कार्यक्रममा बोल्दै प्रा.डा. सुरेन्द्र केसीले राजाभन्दा वर्तमान राष्ट्रपति, प्रधानमन्त्री महंगा सावित भएको दाबी गरे।

    उनले भने,‘मदन भण्डारीको एउटा भाषण अहिले भाईरल बनिरहेको छ, हामीले राजा फालेर राजा जस्तै महंगा शासक ल्याउने काम गर्नुहुँदैन, आजको यो शासन महंगो भयो, यो जनतालाई स्वीकार्य छैन्’ आज उनकै श्रीमती राष्ट्रपति हुनुहुन्छ, के जनताको जीवन स्तरसँग मेलखाने उहाँको रवाफ छ ? देशका लागि मर्ने मानिस सगमाथाभन्दा अग्लो हुन्छ, हामी सडकमा आउनुपर्ने भयो हामी आयौं, अत्याचारीले सिमा नाघ्यो।’

    माइतीघर मण्डलादेखि जुलुस बानेश्वरमा पुगेर कोर्णसभामा परिणत भएको कार्यक्रममा लेखक तथा चर्चित साहित्यकार अभि सुवेदीले वर्तमान संविधान भौगोलिक रक्षा र अन्तर्राष्टिय समुदायसँगको सम्बन्धलाई सकारात्मक रुप दिन नसक्ने बताए।

    कार्यक्रममा २५ प्लस समूहका सदस्य अनिल योगीले भ्रष्टचारी, अत्याचारी, बलात्कारी, जग्गा दलालीहरूको विरुद्धमा बोल्न नसक्ने नेपालीहरू पनि अपराधी ठहरीने तर्क गरेका छन्।

    योगीले नेपाल कम्युनिष्ट पार्टी विप्लवमाओवादीलाई सरकारले प्रतिबन्ध लगाउनु अपराध भएको बताए। उनले भने, ‘हिजो प्रचण्ड, बाबुराम, बादलहरूले मान्छे मारेर सत्तामा पुगे, आज विप्लवले भ्रष्टाचारीलाई कारबाही गर्न नपाउने ? सत्तामा बसेकाहरूले जति अपराध गरे पनि हामीले चुपचाप स्वीकार गर्नुपर्ने ?

    छोरीका लागि स्वर्णिम नेपाल महाअभियानकी अभियन्ता एवम् नायिका रेखा थापाले वालुवाटारमा लेखिएको स्क्रीप्टले देश नचल्ने बताएकी छन्।

    उनले भनिन्,‘हामीले प्रश्न गर्न नपाउने ? हामीले बोल्न नपाउने ? निर्मलाको हत्यारा कहिले सार्वजनिक गरिन्छ ? एनसेलले कर कहिले तिर्छ ? जग्गा दलालहरुलाई कहिले कारबाही हुन्छ ?’

    नेकपाका नेता योगेश भट्टराईलाई इंगित गर्दै नायिका थापाले भनिन्,‘राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा शब्दको कुरा हो, सामान्य हो रे ? राष्ट्रपतिको नाममा अहिले कति जना युवाहरु जेलमा छन् ? आक्रोशमा आएर गालि गर्ने युवाहरुलाई शब्दकै आधारमा जेलमा हालिएको होइन ? लोकतन्त्रमा कसैलाई शब्दले जेलमा कोचिन बाध्य हुनुपर्ने, कसैलाई सामान्य हुने ?

    उनले भनिन्,‘म कुनै चर्चाको लागि सडकमा आएकी होइन, लाखौ छोरीहरुको सवाल बोकेर सडकमा आएकी हुँ, विदेशमा बेचिएका युवाहरुको लागि सडकमा आएकी हुँ, मलाई रेखा थापा बनाउनु भएको हो, अब म त्यो ऋण तिर्न तयार छु।’

    कार्यक्रममा अधिवत्ता वालकृष्ण न्यौपाने, अधिवत्ता सुरेन्द्र भण्डारी, अभियन्ता ज्ञानेन्द्र शाहीलगायतले सरकारको चर्को विरोध गरेका छन्। उनीहरुले सरकार कमिसन, जग्गा दलालीहरुको संरक्षण गरिरहेको आरोप लगाएका छन्।

    शिक्षामा ५ प्रतिशत लगानी गर्ने तर प्रधानमन्त्री कार्यालयमा मात्रै ११ प्रतिशत बजेट छुट्याउनु विभेदपूर्ण व्यवहार भएको भन्दै उनीहरुले सरकारको खुलेर विरोध गर्न जनतालाई आग्रह गरेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…