• काठमाडौँ  ।एनएमबि बैंकले अस्वभाविक रुपमा कर्जा विस्तार पछि जोखिममा परेको तथ्य बाहिर आए लगत्तै सेयर मूल्यमा निरन्तर ओरालो लाग्न शुरु भएको छ । बैंकले नाता गोता र कमिशनका भरमा अस्वभाविक रुपमा लगानी गर्दा अरबौ रकम जोखिममा पर्दा बैंक नै डुब्ने खतरामा रहेको भन्दै ‘जोखिममा एनएमबि बैंकः यसकारण बढ्यो डुब्ने खतरा’ शिर्षकमा अनलाइनपाना डटकममा समाचार प्रकाशन भएको थियो ।

    जसको प्रभाव स्वरुप पछिल्ला दिनहरुमा एनएमबि बैंकको मूल्यमा गिरावट आउने क्रम जारी भएको हो । एनएमबि बैंकको सेयर मूल्य करिब ४ सय नजिक पुग्नै लागेको थियो । अप्रील २५ तारिकको दिन बैंकको सेयर मूल्य ३ सय ९६ रुपैयाँमा पुगेको थियो । त्यसपछि भने बैंकको मूल्यमा गिरावट आउन शुरु गर्यो ।

    बैंकको सेयर मूल्यमा एक्कासी पहिरो गएर अप्रील २८ तारिकमा ३८० रुपैयाँमा मूल्य झर्यो । तर यसमा पनि अडिन नसकेर मे २ तारिक अर्थात बिहीबारसम्म आइपुग्दा बैंकको सेयर मूल्यमा पहिरो गएर ३ सय ८३ रुपैयाँमा झरेको छ । बैंकको खराव अवस्थाका कारण मूल्य अझै घट्ने स्पष्ट संकेतहरु देखिएका छन् ।

    बैंकले लगानी गरेको २४ अर्ब रुपैयाँको हाराहारीमा कर्जा डुबेको छ । बैंकले अनावश्यक र नातावादीका भरमा लगानी गर्दा बैंकको ठूलो परिमाणमा गरेको लगानी डुबेको हो । बैंकको २४ अर्ब रुपैयाँको हाराहारीमा कर्जा डुबे पछि बैंक यतिबेला आत्तिएको छ । बैंकले आफ्ना मान्छेहरुलाई लगानी गर्दा समस्यामा परेपछि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी आत्तिएको उनी निकट श्रोतले बताएको छ ।

    पैसा तिरेर अबार्ड किनेर उत्कृष्ट बैंक भएको हावादारी प्रचार गर्दै हिडेको बैंक डुब्ने खतरामा देखिए पछि यतिबेला आत्तिएर ऋण असुली न्यायाधीकरणको शरणमा पुगेको तथ्य नै अनलाइनपानामा प्रकाशन भइसकेको छ । अर्बौ रकम उठाउन नसकेपछि सीईओ केसी न्यायाधीकरणको शरणमा पुगेका हुन् । कहाँ कसले डुबायो एनएमबि बैंक ? बैंकले अर्बौ रुपैयाँ उठाइदिन आग्रह गर्दै न्याधाधीकरण पुगेको तथ्य नै अनलाइनपानालाई प्राप्त भएको थियो ।

     

    न्यु पशुपति इम्पोरियम समेतले ठूलो परिमाणमा ऋण डुबाएको छ । उक्त कम्पनी विरुद्ध एनएमबि बैंकले मु्द्दा नम्बर १०१।०७३।८५ कर्जा उठाउन मुद्धा दर्ता गरेको छ । यो मात्रै होइन गत वर्षको असोज २२ गते पनि बैंकले न्यु डनबस्को एकेडेमी प्रा.लि.सँग कर्जा उठाइदिन आग्रह गर्दै मुद्धा हालेको छ । त्यसको मु्द्दा नम्बर १०१।०७४।२२ २ रहेको छ ।

    यिनीहरुमात्रै होइन एनएमबि बैंकको एक जलविद्युत् आयोजनामा गरेको लगानीसमेत डुबेको छ । पोकु दोधान लघुजलविद्युत् परियोजनामा बैंकले गरेको लगानी डुबेको हो । यसका सम्बन्धमा पनि बैंकले न्यायाधीकरणमा मुद्धा दायर गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…