• वैशाख २१, चितवन । कामना सेवा विकास वैंकले चितवन राप्ती नगरपालिकाको पहाडी भेगमा खोलौ वैंक खाता अभियान अन्तर्गत डोर टु डोर (घरदैलो कार्यक्रम) सञ्चालन गरेको छ । राप्ती नगरपालिका ८ खुरखुरे स्थित कामना सेवा विकास वैंक शाखाले नगरको वडा नम्वर १० का स्थानीयलाई लक्षित गर्दै शनिवार घरदैलो कार्यक्रम गरेको हो ।

    राष्ट्र वैंकको सर्कुलर अनुसार वित्तिय साक्षरतासंगै घरदैलो कार्यक्रम गरेर खाता खोल्न प्रेरित गरिएको कामना सेवा विकास वैंक खुरखुरे शाखा प्रमुख विन्दु सिंजाली मगरले जानकारी दिईन् ।

    अभियान अन्र्तगत राप्ती नगरपालिका १० को किरनटार, समीटार, कावर, दारलाङे लगायतका स्थानमा १५० जनाको वैंक खाता खोलिएको मगरले वताईन् । उनीहरुलाई वैंकलेनै रु १०० राखेर खाता खोलिदिएको छ ।

    खोलौ वैंक खाता अभियान अन्तर्गत उनीहरुको खाता खोल्नुका साथै ७ लाख वरावरको दुर्घटना बीमा समेत स्वत भएको शाखा प्रमुख मगरले वताईन् । राप्ती १० नगरको पहाडी वडा हो जहाँ चेपाङ र तामाङ समुदायको वाहुल्यता रहेको छ ।

    घरदैलोका लागि शाखा प्रमुख मगरसहित कर्मचारीहरुको टोली पहाडी क्षेत्र पुगेका थिए । कामना वैंकले यसअघि २ पटक सम्म घरदैलो कार्यक्रम सञ्चालन गरिसकेको छ । कामना सेवा विकास वैंकको देशभर ८३ वटा शाखा रहेका छन् भने चितवनमा खुरखुरेसहित भरतपुरको हाकिमचोक, लायन्स चोक, शहिद चोक र शारदानगरमा पनि शाखा छ । खुरखुरे शाखाको ६ हजार भन्दा सेवाग्राही रहेका छन् ।

    सो वैंकबाट रेमिट्यान्स सेवा वाहेक मोवाईल वैंकिङ सेवा र एटिएम सेवा निशुल्क उपलव्ध छ । त्यस्तै वैंक मार्फत जीवन बीमा समेत हुदै आएको छ । प्रगतिको आधार कामना सेवासंग कारोवार भन्ने नाराका साथ संचालित सो वैंकले कृषिलाई प्राथमिकता दिदै लगानी गर्दै आएको वैंककी प्रमुख विन्दु सिंजाली मगरले वताईन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…