• काठमाडौं ।एकता भएको ११ महिनापछि जिल्ला कमिटीको अध्यक्ष र सचिव चयन गरेको नेकपाले अन्य सांगठानिक एकता प्रक्रियालाई भने निष्कर्षमा पुर्याउन सकेको छैन।

    वैशाख ९ गते ७७ वटा जिल्लाका अध्यक्ष र सचिवको घोषणा गरेको नेकपाले सांगठानिक एकताको बाँकी काम अगाडि बढाउने बढाउने बताएपनि हालसम्म एकता प्रक्रिया सुरु हुन सकेको छैन्। योबीचमा एकता प्रक्रियालाई अगाडि बढाउन भन्दै दुई पटक सचिवालय बैठक बसिसकेको छ। तर, बसेपनि सांगठानिक एकताको गाँठो फुकाउन सकेको छैन्।

    सचिवालयले जिल्ला कमिटीको पूर्णता दिनको लागि प्रदेश कमिटीको नेतृत्वलाई सर्कुलर जारी गरिएको छ । यस अघि जिल्ला कमिटीमा रहने सदस्यहरुको नामावली तयार भएपनि केही जिल्लामा भने विवाद रहेको थियो।

    यही बीचमा सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याएपछि सरकार र नेताहरुको ध्यान नीति कार्यक्रम र बजेटमा केन्द्रित हुन थालेकाले बाँकी सांगठनिक एकताको काम झन प्रभावित हुने भएको छ। नीति तथा कार्यक्रमप्रति स्वयं नेकपाका सांसदहरुले नै असन्तुष्टि जनाउन थालेका छन्। यस्तो अवस्थामा तत्काल बाँकी संगठनिक एकताको काम अगाडि नबढ्ने एक नेताले जनाए।

    नेकपाभित्र जिल्ला कमिटीमा रहने सदस्यको छनोट, जनवर्गीय संगठनको नेतृत्व, पोलिटब्यूरो गठन, केन्द्रीय विभागहरुको गठनको काम अगाडि बढन सकेको छैन्।

    जिल्ला अध्यक्ष र सचिवको चयन भएपछि जिल्लामा काम गर्न दुई जनालाई मात्र कठिनाई भएको छ । पोलिटब्यूरो गठनको काम अगाडि बढ्न सकेको छैन भने पार्टी एकता भएको एक वर्ष पुग्न लाग्दा समेत ४४१ जना केन्द्रीय सदस्यहरुको कार्यविभाजन भएको छैन्। ७ सय ५३ स्थानीय कमिटीले पनि पूर्णता पाउन सकेको छैनन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…