• काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि संसदमा छलफल शुरु हुने भएको छ। नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको आज बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ।

    नीति तथा कार्यक्रममाथि तीन दिनसम्म संसदमा छलफलका लागि समय दिइएको संसद सचिवालयले जनाएको छ। २४ गते मंगलबार प्रधानमन्त्री केपी ओलीले सांसदका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई पारित गर्ने प्रक्रियामा लगिने सचिवालयले जनाएको छ।

    बैठकमा विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नयाँ शक्ति नेपालका डा.बाबुराम भट्टराईसहितले बोल्ने तयारी छ । नीति तथा कार्यक्रममाथि छ वटा संशोधन दर्ता भएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेससहित तीन प्रतिपक्ष दलका तर्फबाट संशोधन दर्ता भएका हुन्।

    सरकारको नीति तथा कार्यक्रममाथि सत्तारुढ दल नेकपाका सांसदहरुले नै विरोध गर्ने संभावना रहेको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले ‘मेरा सरकार’ भनेको भन्दै नेकपाभित्रै असन्तुष्टि छाएको छ।

    शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा पनि सांसदहरुलाई बोल्न नदिइएपछि असन्तृष्टि बढेको छ। संसदीय दलको बैठकमा राष्ट्रपतिबाट ‘मेरो सरकार’ भनी नीति तथा कार्यक्रममा भएको सम्बोधन र केही तथ्यांकबारे सरकारका तर्फबाट स्पष्ट पार्नुपर्ने, छलफलका लागि समय दिनुपर्ने माग सांसदहरूको रहे पनि सुनुवाई भएको छैन।

    प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमको विपक्षीबाट विरोध हुन थालेको भन्दै बचाउ गर्न र समर्थन जनाउन सांसदहरूलाई निर्देशन दिएका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…