• आर एन चौधरी थारु,


    सुनसरी- नेपाली गितसंगीत क्षेत्रमा जस्तै थारु भाषाको गितसंगीतको बजार पनि दिनानुदिन तातिने क्रमसंगै थारु समुदायको गायक,गायिका,मोडल कलाकारहरुको संख्या बढ्दै छ।त्यस्तै बिगत ३ बर्ष देखी संगीत क्षेत्रमा लागी पूर्वीया थारु भाषाको गितहरु गाएर दर्शक क्ष्रोताहरुको मन जित्न र दर्शकहरु माझ एकदमै लोकप्रिय बन्ने होडबाजीमा लागीपरेको नयाँ नाम हुन करण चौधरी ।


    स्नातक तेस्रो बर्षमा अध्यनरत साङ्गितिक क्षेत्रमा औँधी रुचि राख्ने चकलेटी अनुहारका धनी सुनसरी जिल्ला बर्जु गाउँपालिका वडा नम्बर ३ निवासी करण चौधरी अहिलेसम्म लगभग दर्जन जति थारु र राजबंशी भाषाको आधुनिक गितहरुमा आफैंले स्वर दिई सकेको छ भने " तोर बिना " नामक आधुनिक एल्बम समेत निकालेको छ ।


    चौधरी गायन संगै मोडलिङ गर्दै ४,५ वटा गीतहरुमा मनमोहक अभिनय समेत गरेको छ ।

    त्यस्तै करण चौधरी र मार्टिना चौधरीले अभिनय गरेको ,करण संगै अनुमा चौधरीको सुमधुर स्वरमा सजिएको " कहे हम नै साक्छुन " बोलको नयाँ गितको आधुनिक म्युजिक भिडियो चौधरीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिईएको छ ।


    करण चौधरी आफैं निर्माता ,आनन्द चौधरी सह- निर्माता रहेको उक्त भिडियोमा निर्देशन रत्न जोशी,छायांकन उत्सव दाहालको रहेको छ भने बलबहादुरले म्युजिक भरेको छ ।


    तलको लिङ्ल क्लिक गरेर पूरा भिडियो हेर्नुहोस :-


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…