• काठमाडौं, २२ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकताबारको छलफलमा भनाभन नै भएको समाचार स्रोतको दावी छ ।

    आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई एकता प्रक्रियालाई पन्छाए र नीति तथा कार्यक्रम सम्बोधनको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर गरेको सम्बोधनमा केन्द्रित भए स्रोतले भन्यो ।

    त्यही बिषयमा चर्काचर्की भयो । प्रधानमन्त्री ओलीसँग प्रचण्डनै तर्सिएपछि मच्चियो उत्पात सत्ताधारी नेतारु विच यस्तै चर्चा चुलिएको छ ।

    राष्ट्रपति भण्डारीले बेलायती महारानीको नक्कल गरेको प्रमुख प्रतिपक्ष दल कांग्रेका शभापति देउवाले आरोप लगाईरहेका बेला प्रचण्ड समेत प्रधानमन्त्रीसँग झंकिएकाछन् । उता यो गणतन्त्रका लागि अशुभहो देउवाले भनेकाछन् ।

    प्रचण्डले ‘गणतन्त्रमा नवसामन्तवादको कुरा आयो, यो नीति तथा कार्यक्रममा 'मेरो सरकार' भन्ने शब्द किन घुसाउनुभयो ? भनेर सोधेका थिए । लगत्तै ओलीले रुष्ट हुँदै जवाफ फर्काए,‘मेरो सरकार, नेपाल सरकार वा राष्ट्रपतिको सरकार भनेपनि एउटै कुरा हो ।

    यसमा नअलमलिनुहोस् ।’ कतै देउवाले भने झै गणतन्त्रमा ओलीको नियतै खराब त देखिएको होईन भन्ने आशंका प्रचण्डमा देखिएको छ ।

    प्रधानमन्त्री ओलीले 'मेरो सरकार'बारे राष्ट्रपति भण्डारीले जे सम्बोधन गरेको हो त्यो सही छ र त्यसलाई सच्याउनुपर्ने कुनै कुरै छैनन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…